अभिनेत्री पूजालाई समीक्षाको चेतावनी- फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १३:४२:५२
१८ भदौ, काठमाडौं । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तर्वार्ताको भिडियो राख्दै फिल्म चलाउन कै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन्।
उनले भनेकी छन् :
अदालत नै पोडकाष्टहरु हुन भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन भने उति बेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि १ सत्य के हो रु कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि रु के गलत रु छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र रु यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र रु सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो 'तिमी मेरो बहिनी' भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस् प्लिज ।
अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- 'भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रभु गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।'
अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउँदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दीन सिद्दिकी
भदौ २५, २०८१ मंगलबार
चलचित्र विकास शुल्क तिर्न र बक्स अफिस जडान गर्न बोर्डको ताकेता
भदौ २४, २०८१ सोमबार
फिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन
भदौ २३, २०८१ आइतबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार