एम्बुलेन्समा अक्सिजन नहुँदा नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १५:२:३७
१८ भदौ, रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ ।
बौधिमाई ४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एकजना नवजात शिशुको मंगलवार बिहान मृत्यु भएको हो । बौधीमाई नगरपालिका ४ का गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो ।
जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगन्ज रिफर गरिएको थियो । वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन् ।
थप उपचारको लागि बिहान ५ बजे नवजात शिशुलाई वीरगन्जस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले पनी अक्सिजन अभावमा शिशुको मृत्यु भएको स्वीकार गरेका छन् ।
नर्मल जन्मिएको बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू आत्तिएर शिशुलाई थप उपचारका लागि वीरगन्ज पठाएको थियो । तर एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा अक्सिजन नहुँदा बच्चाको मृत्यु भएको थियो ।
बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एम्बुलेन्सको अक्सिजन नहुँदा शिशुको मृत्युको दुःखद घटना भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले बगाएर बेपत्ता माझीको शव फेला
भदौ २५, २०८१ मंगलबार
खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार