विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार ८:४४:४६
१९ भदौ, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिए ।
विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन गर्न सुरु गरेको उनको भनाइ छ । “कम्पाउण्डभित्रै लप्सी लटरम्मै फलेर खेर गइरहेको थियो, त्यसैलाई उपयोग गर्दै विद्यार्थीले अचार उत्पादन थालेका छन्, त्यसले राम्रो प्रभाव पनि पारेको छ”, उनले भने ।
उत्पादित लप्सीको अचार प्रतिबट्टा रु एक सय ५० मा बिक्री भइरहेको संयोजक श्रेष्ठको भनाइ छ । “भर्खरमात्र उत्पादन सुरु गरिएकाले राम्रो पनि भइरहेको छ, विद्यालयकै जग्गामा आँपका रुखसमेत प्रशास्त भएकाले अब यामअनुसार आँपलगायतको अचार उत्पादन गर्न थाल्ने विद्यालयको योजना छ”, उनले भने ।
उनले विद्यालयले थालनी गरेको कामले बालबालिकामा स्थानीयस्तरमा उत्पादित तर खेर गइरहेको कृषि उत्पादनबाट पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश पुगेको बताए । उत्पादित अचार सहजै बिक्री भइरहेको संयोजक श्रेष्ठले जानकारी दिए । विद्यालयले तत्कालका लागि अचार बनाउन लाग्ने खर्च र सामानको मूल्याङ्कन गरेर अचारको मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ ।
“उत्पादन गर्न सके बिक्छ भन्ने पनि लागेको छ, एउटै व्यक्तिले १५ बट्टासम्म माग गर्दा एक बट्टा दिन पनि सकिएन”, उनले भने, “अहिले त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि पुर्याउन गाह्रो छ ।” अचार उत्पादन गर्न ८ कक्षादेखि १२ कक्षासम्म विद्यार्थीलाई सिकाउन थालिएको उनले बताए।
“स्थानीयस्तर कतिपय उत्पादन खेर गइरहेका पनि छन् त्यसलाई सही सदुपयोग गरे राम्रो आयआर्जन गर्न पनि सकिने रहेछ” उनले भने, “त्यसैका लागि हामीले यो कामको थालनी गरेका हौँ ।” उत्पादित अचारमा विद्यालयले आफ्नो विद्यालयको ‘स्टिकर’ टाँसेर बिक्री गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन
भदौ २३, २०८१ आइतबार
एमबीबीएस परीक्षामा रौतहटका दुई विद्यार्थी नेपालमै पहिलो र दोस्रो
भदौ १६, २०८१ आइतबार
त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि
भदौ ६, २०८१ बिहिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार