धनुषाः औरहीका सई सिंहले परिचालन गरेका घुमुवा तिवारीको असुली आतंक, सई ठाकुर रंगेहात पक्राउ
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार १२:४३:१३
१९ भदौ, जनकपुरधाम । धनुषामा पछिल्लो समय चारैतर्फ खुल्ला रहेको तस्करीले सीमा नाघेको छ । यसमध्ये धनुषाको औरहीबाट तस्करीको मुख्य धन्दा निर्वाध रुपमा सुरु भएको समाचार छ । भारतको सीमासँग जोडिएको धनुषाको औरहीबाट प्रहरीकै मिलेमतोमा दैनिक लाखौं मूल्य बराबरको अवैध कारोबार भइरहेको पाइएको हो ।
इलाका प्रहरी कार्यालय अगाडि बाटै तस्करहरू आआफ्ना सरसामान लिएर हिँडिरहेका हुन्छन् । इलाका प्रहरी कार्यालय औरहीका प्रहरी इन्चार्ज वरिष्ठ सई आदित्य सिंहले मासिक लाखौंको नजराना बुझी दैनिक लाखौं मूल्य बराबरको अवैध कारोबार गराइरहेका छन् । यतिमात्र हैन सादा पोसाकमा उनले प्रहरी हवल्दार उज्वल तिवारीलाई परिचालन गरेका छन् । सई सिंह यहाँ आएको लगभग २ महिना भएको छ ।
सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट चिनी र मैदा अवैध रुपमा औरही भित्र्याई विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ । तस्करहरूले साइकल र मोटरसाइकल लगायत पैदल मजदुरको प्रयोग गरी तस्करी गर्ने गरेको बताए ।
नेपालको सीमासँगै रहेको भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध भए तापनि प्रहरीकै मिलेमतोमा बिहारमा ब्रिक्स, उमंग, कस्तुरी ब्राण्डका रक्सी पुर्याउने गरेका छन् । लोकल रक्सीको जर्किन समेत खुल्ला रुपमा बिहारी एजेन्टलाई छुट दिएका छन् । सोही रक्सी भारत पठाउन सादा पोसाकका प्रहरी जवान घुमुवा उज्वल तिवारीले तस्करकै भूमिका निर्वाह गर्दै आएको बताइन्छ। औरहीमा यसअघि घुमुवा बसेका मुकुन्द शर्मा कारवाहीमा परेपछि उनलाई गण तानिएको थियो तर पावर र पहुँचको भरमा धनुषाका एसपी भूवनेश्वर तिवारीले फेरि प्रहरी चौकी कपिलेश्वरमा खटाएका छन् ।
बिहारको खौना नाकाबाट बैदेही, औरही हुँदै लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानहरू तथा डिजेल र पेट्रोलको व्यापक तस्करी हुने गरेको छ । यताबाट व्यापारीहरू रक्सी, सरसामान भारत लगिरहेका छन् र उनलाई प्रहरी जवान रहेका घुमुवा तिवारीले सहयोग गर्ने गरेको स्रोतको भनाई छ।
यदि सम्बन्धित निकायले छानबिन गरेमा कारवाही निश्चित छ किनभने यो नम्बर ९८०२९८७९०६ को कल डिटेल निकाली राम्रो सँग छानबिन गर्यो भने त्यसबाट पनि उनले तस्करहरूसँग गरेको कुराकानी लगायतको सञ्जाल बारे प्रष्ट हुन्छ, एकजना नाम नखोल्ने शर्तमा एक व्यापारीले बताए ।
नेपालको आर्थिक एवं व्यापारिक क्षेत्र रहेको जनकपुर भन्सार नाकाबाट लक्ष्यको करिब ७० प्रतिशत राजश्व मात्र उठेको छ । तस्करी कै कारण राजश्व उठ्तीमा कमी आएको हो । एसपी तिवारीको विश्वास पात्र भएको धक्कु लगाउँदै सई सिंहले तस्करहरूसँग सेटिङ्ग मिलाई लाखौंको अवैध कारोबार गराइरहेका छन् ।
जनकपुर भन्सार क्षेत्र आसपासमा भन्सार प्रशासनले तस्करीको गतिविधिमा केही हदसम्म कडाई गरेपछि सई सिंहले औरही नाकाबाट किराना सरसामान लत्ता कपडा, कुखुराको चल्ला, प्याज, काजु, लगायतका सामान तस्करी गराइरहेका हुन् ।
धनुषाको ग्रामीण भेगमा पर्ने औरहीका सई आदित्य कुमार सिंहसँग तस्करी भइरहेको बारे प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन् । सई सिंह तस्करी गराउन माहिर प्रहरी हुन । औरही नाका धनुषाको सबैभन्दा बढी तस्करी हुने ठाउँका रुपमा चिनिन्छ ।
दुहबी प्रहरी चौकीका सई ठाकुर रंगेहात पक्राउ
यसैबीच जिल्ला धनुषाको दुहबी प्रहरी चौकीका सई धर्मेन्द्र ठाकुर कारबाहीमा परेका छन् । उनले हिजो बिहान ७ बजे एकजना तस्करको कपडासहितको टेम्पो समातेर बार्गेनिङ गर्दै चार घण्टापछि ३० हजार रूपैयाँ लिएर छाडेको काण्डमा कारबाही भएको हो ।
सो घटना डीआईजी यज्ञविनोद पोखरेलले थाहा पाएपछि जिल्ला प्रहरी धनुषाका एसपी भूवनेश्वर तिवारी कारबाही गर्न बाध्य भएका थिए । प्रदेश प्रहरीको टोलीले सई ठाकुरको शरीर खानतलासी गर्दा घुसको उक्त रकम भेटिएको थियो ।
धनुषाका एसपी तिवारीका विश्वासप्राप्त सई धर्मेन्द्र ठाकुरलाई डीआईजी पोखरेलको आदेशपछि कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएको छ। पैसा दिने तस्कर महिला रेनु साह, र रजीना खातुन भएको बताइएको छ । कपडा तस्कर दुई महिला र टेम्पोलाई ४ घण्टा घेरेर ३० हजार असुलेपछि मात्र सई ठाकुरले छाडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोगाउन सकिनेः मुख्यमन्त्री सिंह
भदौ २३, २०८१ आइतबार
पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकरमा रोक
भदौ २३, २०८१ आइतबार
चिकित्सा शिक्षा आयोगले मधेसलाई दियो एमबीबीएस अध्ययनका लागि ५० सीट
भदौ २२, २०८१ शनिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार