तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार १६:६:५१
१९ भदौ, काठमाडौं । मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा सो उपचार सेवा विस्तार गरिएको हो ।
सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको छ । अस्पतालमा आज यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल र कोशी प्रादेशिक अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०२४–३० स्वीकृत गरेको थियो । क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ ।
त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेको थियो । यसलगत्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण
भदौ २४, २०८१ सोमबार
सुत्केरी मृत्यु प्रकरणः सहमतिपछि शव पोष्टमार्टमका लागि पठाइयो
भदौ २२, २०८१ शनिबार
दुर्गा प्रसाइँको बीएन्डसीलाई एमबीबीएसका लागि ५० सीट
भदौ २२, २०८१ शनिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार