मन्त्रीस्तरीय निर्णयबाट ११ जना भन्सार प्रमुखसहित ७७ जना उपसचिवको सरुवा, मापदण्ड मिचियो
नेपालबहस संवाददाता
भदौ १९, २०८१ बुधबार १७:३४:८
१९ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले एक सातामा अर्थ मन्त्रालय र मातहतका कार्यालयमा गरी ७७ जना उपसचिवको सरुवा गरेका छन् । यो सरुवामा निकै ठूलो चलखेल भएको कर्मचारीको भनाइ छ । अवसर पाएका र नपाएकाबीच ठूलो भेदभाव गरिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेका छन् ।
आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका रहेका प्रमुखको सरूवा भएको छ । राजस्व समूहको उपसचिवको सरुवामा सामान्यतया भन्सार वा राजस्वमा दुई वर्ष प्रमुख भएकाहरुलाई अर्थ मन्त्रालय, विभाग वा काम कम भएका कार्यालयमा सरुवा गर्ने चलन भएपनि पौडेलले यो मापदण्ड मिचेर सरुवा गरेको बताइएको छ भने सरुवामा उनले दोहोरो मापदण्ड मिचेका छन् ।
अर्थमन्त्री पौडेलले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेका थिए । समेबारसहित ७७ जना उपसचिव उनको कोपभाजनमा परेका छन् । विभागीय मन्त्री र सचिवको चाहनामा यो सरुवा गरिएको छ । मन्त्री पौडेलले भैरहवा भन्सार प्रमुख नारदमणि गौतमलाई १० महिना नपुग्दै फिर्ता बोलाएर मेची भन्सार प्रमुख रहेका रामप्रसाद रेग्मीलाई पठाएका छन् । गौतम भन्सार जाँच पास परीक्षण कार्यालय त्रिपुरेश्वर आइपुगेका छन् ।
आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख तुलसी भट्टराईलाई रसुवा भन्सार कार्यालय पठाइएको छ । उपसचिव उषा पोखरेललाई चोभार सुख्खाबन्दरगाह भन्सार कार्यालय र अनन्त प्रसाद तम्सिनालाई कैलाली भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय हेटौंडामा युक्ति प्रसाद सुवेदी र जोरपाटी आन्तरिक राजस्वमा दिलिप केसीलाई पठाइएको छ । आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा सुजित कुमार सिंह, जनकपुरमा आनन्द कुमार गुप्ता र आन्तरिक राजस्व कार्यालय दमौलीमा लाल बहादुर खत्री पुगेका छन् ।
मेची भन्सार प्रमुखमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका राजेन्द्र प्रसाद चुँडाललाई लगिएको छ । कृष्णनगर र जलेश्वरमा क्रमशः फणिन्द्र खतिवडा र राजेन्द्र बस्नेतलाई पठाइएको छ । नेपालगन्ज भन्सार कार्यालयमा जनार्दन पौडेल पुगेका छन् । रसुवा भन्सार प्रमुख रामप्रसाद पाठकलाई वीरगञ्ज भन्सारमा सरुवा गरिएको छ । तातोपानीमा कमल कुमार भट्टराईलाई पठाइएको छ । यसैगरी सबै सहचिवहरुको पदस्थापन भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअख्तियारको सिफारिसमा सरकारी कर्मचारीलाई कार्यालय समयभित्र शेयर कारोबार गर्न रोक
भदौ २५, २०८१ मंगलबार
सरकारी कर्मचारीको खाजा समय एक घण्टाबाट घटाएर ३० मिनेटमा झारियो
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार