वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार ८:३२:१७
२० भदौ, वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो ।
प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव नहुने बताए ।
“विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ”, उनले भने, “अब कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव हुने छैन”, केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको रु १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताए ।
केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो । केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
डेडिकेटेड तथा ट्रंक लाइनको शुल्क तत्काल उठाउन माग गर्दै रिट दायर
भदौ २५, २०८१ मंगलबार
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार