उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार ८:३८:१
२० भदौ, इनरुवा । इटहरीस्थित तरहरामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालयले किसानलाई उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण गर्न थालेको छ । भैँसीपालनप्रति कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा पाडापाडी वितरण गर्न थालेको कार्यालय प्रमुख पवनकुमार झाले जानकारी दिए ।
बढ्दो सहरीकरण, फेरिएका गाउँबस्ती, चरिचरणको अभाव तथा फेरिँदो जीवनशैलीका कारण पछिल्लो समय भैँसीपालन पेसा सङ्कटमा पर्दै आएकाले कृषकको उत्साहका लागि पडापाडी प्रदान गर्ने गरिएको उनले बताए । भैँसीपालन गर्न तथा उन्नत जातका बीउ उत्पादनका लागिसमेत स्थानीय किसनको मागका अधारमा वर्षिक रूपमा २० देखि ३० वटासम्म पाडापाडी वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।
हाल अधिकांश परिवारले राँगो, भैँसी पाल्न छाडेपछि राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमअन्तर्गत मुर्रा र रैथाने जातका पाडापाडी न्यूनतम शुल्कमा वितरण गर्न थालेको कार्यालय प्रमुख झाले जानकारी दिए ।
“उन्नत नश्लको बीउ राँगाको व्यवस्था गरी कार्यालयले कृषकका लागि पाडापाडी वितरण गर्नुका साथै दूध उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका छौँ तर जनशक्ति र बजेट अभावले प्रभावकारी हुन सकेको छैन् । पाडापाडीको माग बढे पनि सोअनुसार वितरण गर्न सकिएको छैन”, उनले भने,“प्रत्येक वर्ष ७० देखि ८० वटा कृषकबाट उन्नत जातका पाडापाडीको माग आए पनि २० देखि ३० जनालाई मात्र वितरण गर्न सकिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
डेडिकेटेड तथा ट्रंक लाइनको शुल्क तत्काल उठाउन माग गर्दै रिट दायर
भदौ २५, २०८१ मंगलबार
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार