फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको मनोनयन सार्वजनिक, को-को परे ?
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार ९:१७:३८
२० भदौ, काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ । फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बेलून डो अर अवार्डले सम्मानित गरिने छ ।
मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियल म्याड्रिड/इङल्याण्ड), रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटी/इङल्याण्ड), फेडेरिको भाल्भेर्डे (रियल म्याड्रिड/ उरुग्वे), इमिलियानो मार्टिनेज ( एस्टन भिल्ला/ अर्जेन्टिना), इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटी/ नर्वे), निको विलियम्स (एथलेटिक क्लब/स्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेन/ स्वीजरल्याण्ड), अर्टेम डोभबिक (एस रोमा/युक्रेन), टोनी क्रूज (रियल म्याड्रिड/ जर्मनी), भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल), डानी ओल्मो (बार्सिलोना/स्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसन/जर्मन), मार्टिन ओडेगार्ड (आर्सनल/नर्वे), माट हुमेल्स (रोमा/जर्मनी) रहेका छन् ।
त्यसैगरी रोड्री (म्यानचेस्टर सिटी/स्पेन), ह्यारी केन (बायर्न म्युनिख/इङल्याण्ड), डेकलान राइस (आर्सनल/ इङल्याण्ड), भिटिन्हा (पिएसजी/पोर्चुगल), कोल पार्मर (चेल्सी/इङल्याण्ड), डानी कार्भाजल (रियल म्याड्रिड/ स्पेन), लामिन यमल (बार्सिलोना/स्पेन), बुकायो साका (आर्सनल/इङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलान/टर्की), विलियम सालिबा (आर्सनल/फ्रान्स), किलीयन एम्बाप्पे (रियल म्याड्रिड/ फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलान/ अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टा/नाइजेरिया), एन्टोनियो रुडीगेर (रियल म्याड्रिड/ जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन/स्पेन) रहेका छन् ।
बेलुन डो अरको गत बर्षको अवार्ड जितेका लियोनेल मेसी भने यस बर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् । अहिलेसम्म मेसीले ८ पटक र रोनाल्डोले ५ पटक बेलुन डो अर अवार्ड जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैदानमा कहिले फर्किन्छन् नेइमार ?
भदौ २५, २०८१ मंगलबार
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
भदौ २५, २०८१ मंगलबार
बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार