रुसमाथि अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप, नयाँ प्रतिबन्धको घोषणा
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १०:३५:२६
२० भदौ, काठमाडौं । अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ र रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रूसी राज्य मिडिया आरटीले टेनेसी फर्मलाई 'अमेरिकी दर्शकहरूलाई लुकेका रूसी सन्देशहरू उत्पादन गर्न र डेलिभर गर्न' १० मिलियन डलर तिरेको आरोप लगाएक छन् ।
प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि प्रमुख छ । मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीचको चुनावमा रुसले आफ्नो नतिजा चाहेको अमेरिकाले आरोप लगाएका छन् । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताए ।
अमेरिकी अधिकारीहरूले भने कि आरटी र अन्य रूसी राज्य मिडियाले गुप्त रूपमा अमेरिकी प्रभावकारीहरूलाई उनीहरूको गलत कामलाई समर्थन गर्न भर्ती गर्ने अभियान सञ्चालन गरेको छ । बाइडेन प्रशासनले आरटीका दुई जना प्रबन्धकलाई अमेरिकी भूमिमा रुस समर्थक प्रचार प्रसार गर्न आर्थिक सहयोग गरेको आरोप लगाएको छ । आरटीका सम्पादक सिमोन्यानसहित दुई संस्था र १० जनामाथि प्रतिबन्ध लगाइएको छ । रूसको राज्य मिडियासँग सम्बन्धित कर्मचारीहरूको लागि भिसामा प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालमा अमेरिकी जनतामाझ प्रचार फैलाउने ए आई उत्पन्न झुटो खबर फैलाउने ३२ इन्टरनेट डोमेनहरू बन्फ़ गरिएको छ । साथै अमेरिकाले रुसी समूहसँग सम्बद्ध ह्याकरहरूको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कारको घोषणा गरेको छ । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनले रुसमाथि गर्यो १४४ ड्रोनबाट आक्रमण
भदौ २५, २०८१ मंगलबार
पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै
भदौ २५, २०८१ मंगलबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार