राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार २०:४२:५०
२५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू अधिराज्य पूनस्र्थापना गर्ने आन्दोलनको तयारी रणनीतिक रुपमा अघि बढाएको छ । आन्दोलनको लागि देशभरीबाट छनौट हुने २० हजार युवा दस्ताका लागि राजनीतिक तथा परिचालन सम्बन्धी छुट्टाछुट्टै प्रशिक्षणका कार्यपत्रहरु मंगलबार राप्रपाले पारित गरेको छ ।
आन्दोलन परिचालन समितिका संयोजक, महामन्त्री डा. धवलशम्शेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले आन्दोलनकेन्द्रीत प्रशिक्षक प्रशिक्षणका लागि प्रशिक्षण सामाग्री परिमार्जनसहित पारित गरेको हो ।
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीका अनुसार, देशका ७७ जिल्लामा आन्दोलनकेन्द्रीत विशेष प्रशिक्षण संचालन गर्न पूर्व प्रशिक्षक प्रशिक्षण आयोजना गरिनेछ । यस प्रशिक्षणमा आन्दोलनको राजनीतिक आयाममा पार्टी नेतृत्व र परिचालनको प्राविधिक विषयमा भूपू सैनिक तथा भूपू प्रहरीहरुबाट प्रशिक्षण संचालन गरिनेछ ।
आन्दोलन परिचालन समितिको वैठकमा अनुमोदनका लागि प्रवक्ता लावतीले राजनीतिक तथा नीतिगत र भूपू सैनिक संगठनका अध्यक्ष प्रकाश जंग कार्कीले परिचालन तथा व्यवस्थापन लगायतका विषय समेटीएको कार्यपत्रहरु प्रस्तुत गरेका थिए । राप्रपाको कार्यसम्पादन समितिले यस अघि नै ६ हजार ७ सय त्रिचालिस वडाबाट तीन–तीन जनाको दरले आन्दोलनका लागि युवा दस्ता चयन गर्ने निर्णय गरेको छ ।
प्रशिक्षक प्रशिक्षणबाट तयार भएका प्रशिक्षकहरुले देशभरीका सबै जिल्ला पुगेर छनौटमा परेका युवाका लागि प्रशिक्षणहरु संचालन गर्नेछन् । काठमाडौंकेन्द्रीत आन्दोलनका लागि राप्रपाले योजनावद्ध तयारी जारी राखेको छ । समान विचारधारा भएका दल, समूह र संघसंस्थासँग हातेमालो कायम राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार