व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार ११:५९:४

३० भदौ, तनहुँ । जिल्लाको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखिएको हो ।
नगरपालिकाका अनुसार केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याकलोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखिएको छ ।
आपत्कालीन अवस्थामा खोज, उद्धार र राहत, प्राथमिक उपचार र क्षतिको लेखाजोखाजस्ता अत्यवाश्यक सेवा सुनिश्चिताका लागि केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।
उनका अनुसार यसका लागि २० जना नगर प्रहरीलाई तालिम प्रदान गरिएको छ । एक जना नगर प्रहरी कर्मचारीलाई पालो गरी ड्युटीमा खटाइनेछ । विपद्को जोखिमलाई न्यूनीकरण गर्दै प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपले सर्वसाधारणको जनधन, सार्वजनिक तथा निजी सम्पत्तिमा हुनसक्ने क्षतिलाई मध्यनजर गरेर केन्द्र सञ्चालनमा ल्याइएको हो ।
एम्बुलेन्स, दमकल, शवबाहन सबै निःशुल्क प्रयोग गर्छौँ, विपद्का बेला तत्काल उद्धार गर्नेगरी संयन्त्र तयारी अवस्थामा राखिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार सवारी दुर्घटना, आगलागी, बाढीपहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको हो ।
“नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गर्नेगरी आपत्कालीन केन्द्रको व्यवस्थापन गरिएको हो”, उनले भने, “आवश्यक साधन र कर्मचारीलाई दमौलीस्थित प्रमुख प्रशासकीय भवनमा व्यवस्थापन गरिएको छ ।”
जुनसुकै ठाउँमा जुनसुकै बेला विपद् आइलाग्न सक्ने हुँदा त्यसबाट बच्नका लागि पूर्वतयारी गरिएको हो । उनका अनुसार केन्द्रका लागि आवश्यक पर्ने सामान दुईवटा छुट्टछुट्टै स्थानमा राखिएको छ । केन्द्रबाट चौबीसै घण्टा सेवा प्रदान हुनेगरी व्यवस्थापन गरिएको विपद्का लागि ०६५–५६३०३४ नम्बरको टेलिफोनको व्यवस्था गरिएको छ । विगत केही वर्षअघि नै स्थापना गरिएको उक्त केन्द्र स्रोत र साधनको अभावले गर्दा निष्क्रिय थियो ।
स्वचालित मेसिनपछि परीक्षणमा सहज
स्वास्थ्य सेवा विभाग काठमाडौँले रु एक करोड मूल्य बराबरको चारवटा स्वचालित मेसिन प्रदान गरेपछि तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा प्रयोशाला परीक्षण सहज भएको हो ।
प्रयोगशाला मेसिन थपिएपछि नयाँ दुई जना जनशक्ति थप गरिएको छ । हाल आठ जना जनशक्ति कार्यरत छन् । हाल ब्लड बैंक रहेको स्थानलाई अन्यत्र स्थान्तरण गरी प्रयोगशाला कक्षलाई विस्तार गर्न लागिएको अस्पतालका प्रमुख परिवर्तन डा बरालले जानकारी दिए ।
उनका अनुसार बिरामीले ल्यावको रिर्पोट लिनका लागि पाँच घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले दुई घण्टामा सेवा दिन सकिने भएको छ । प्रयोशालाको रिर्पोट छिटो दिन थालेपछि टाढाबाट उपचारमा आउने बिरामीलाई सहज भएको छ ।
अस्पतालमा अहिले दैनिक चार सयको हाराहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये दुई सयदेखि दुईसय ५० सम्म दैनिक प्रयोगशाला परीक्षण हुने गरेको छ । पछिल्ला समय अधिकांश ज्वरोका बिरामी हुने गरेको उनले बताए । ज्वरोका बिरामी बढे पनि डेङ्गी सङ्क्रमण भने देखिएको छैन ।
अस्पतालले भिडियो एक्सरे, एक्सरे, एमडिजीपीसहितको चिकित्सक सेवा, बालरोग, स्त्रीरोग, हाडजोर्नी विशेषज्ञसहितको सेवा प्रवाह गरिरहेको छ । साथै दाँत, आँखा उपचार सेवा, बिहानैदेखि ओपिडी सेवा पनि सञ्चालन गरेको छ ।
अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला कास्की, लमजुङ र गोरखाका केही भेगका बासिन्दाले उपचार सेवा लिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
गण्डकी प्रदेशको अधिवेशन सुरू हुँदै
माघ २१, २०८१ सोमबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार