सिटिजन्स बैंकद्वारा दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख सहयोग
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ११:१२:३१
१४ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले देश नै प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।
शहरी विकास मन्त्रालयमा २०८१ असोज १३ गते आयोजित एक कार्यक्रम बीच कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले रु २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
समाहरोमा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ ,बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंकले यस अघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु १ करोड प्रदान गरेको थियो र कर्णाली प्रदेशको जाजरकोटमा मिति २०८०.०७.१७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु २५ लाखको सहयोग प्रदान गरेको थियोे ।
बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज १८, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
असोज १८, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार