११४ अंकले बढेर २६२३.५६ विन्दुमा पुग्यो नेप्से, ७ अर्ब ६१ करोडका शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १५:४४:१२
१५ असोज, काठमाडौं । मंगलबारको शेयरबजारमा ११४ अंकको सुधार भएको छ । आज नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको छ । आज ३०७ कम्पनीका एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भए ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । कारोबार रकम पनि दोब्बर बढेको छ । २४३ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।
बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढे । यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
यी हुन आज राम्रो कमाउने कम्पनी
बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमितिका संयोजक अधिकारी बिरामी भएपछि धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्ने अन्तर्वार्ता स्थगित
असोज १८, २०८१ शुक्रबार
अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड अध्यक्षका लागि सर्ट लिष्टमा परेका तीन जनाको अन्तर्वार्ता
असोज १८, २०८१ शुक्रबार
२६ अंकले घटेर २५९७ अंकमा झर्यो नेप्से परिसूचक, ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार