समस्याग्रस्त सहकारीका ६ हजार बढी बचतकर्ताका सबै बचत फिर्ता
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १९:५४:४
१३ कात्तिक, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म रु एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको जानकारी दिए । ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको पनि उनले बताए ।
मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको जानकारी पनि मन्त्री अधिकारीले कार्यक्रममा गराएका थिए । अहिलेसम्म तीनवटा सहकारीका माग दावीकर्ताको रकम फिर्ता गरी राफसाफ गरिएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य नौवटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको मन्त्री अधिकारीले बताए ।
मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बचत फिर्ता गर्ने र समस्या नआउने गरी कानुन संशोधनको तयारी भइरहेको बताए। समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि समितिको कार्यालयलाई जनशक्ति र साधनस्रोतको पनि व्यवस्था गर्न लागिएको पनि उनले सुनाए । बचत पीडितसँग गरिएको समझदारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुहुँदै सचिव पोखरेलले अब कुनै पनि आन्दोलन जरुरी नभएको बताए ।
समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि काम भइरहेको बताए । बाँकी १९ वटा सहकारीका ऋणीलाई यही कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको उल्लेख गर्दै उनले चुक्ता नगर्ने ती सहकारीका ऋणीको एकाघरका सदस्यको सम्पत्ति, राहदानी रोक्का गर्ने तयारी भएको पनि जानकारी दिए । ऋण नतिर्ने ऋणीका परिवारका सदस्यको सम्पत्ति र राहदानी तिहारपछि देखि नै रोक्का गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका १६ सय पीडितले मागे ७ अर्ब बचत फिर्ता
कात्तिक २७, २०८१ मंगलबार
रुपन्देही सरकारी वकिल कार्यालयमा रविको बयान सुरु
कात्तिक २७, २०८१ मंगलबार
पोखराबाट रवि लामिछानेलाई भैरहवा पुर्याइयो
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार