बेनी–दरबाङ हुँदै ढोरपाटन सिरकार आरक्ष
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १५:१९:४२
१४ कात्तिक, बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई म्याग्दीबाट जोड्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि दरबाङ–मुना–मरेनीदेखि पातीहाल्ना हुँदै ढोरपाटन जलजला जोड्न थालिएको हो ।
बागलुङतर्फबाट एक दशकअगाडि नै ढोरपाटन जोडिए पनि म्याग्दीबाट अझै १० किलोमिटर ‘ट्र्याक’ खुलाउन बाँकी रहेको छ । वि.सं २०६७ मा दरबाङबाट सुरु भएको सडकको ट्र्याकले अझै पूर्णता पाएको छैन । सङ्घीय सरकारले उक्त सडकका लागि यस वर्ष पनि बजेट विनियोजन गरेको छ ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत सडकको काम सुरु हुन थालेको हो । उक्त सडकको ट्र्याक खोल्नका लागि सङ्घीय सरकारले यस वर्ष रु पाँच करोड विनियोजन गरेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । गत वर्ष पनि रु दुई करोड विनयोजन भएको हुँदा उक्त बजेटले पाँच किलोमिटर सडक खुलाएको उनको भनाइ छ । यस वर्ष ढोरपाटनसम्मै सडक पु¥याउनका लागि ठेक्का प्रक्रिया अगाडि बढेको अधिकारी बताउँछन् ।
उनले भने, “गत वर्ष पनि त्यो सडकमा हामीहरुले काम गरेका थियौँ, यस वर्ष पनि बजेट आएको छ, भौगोलिक कठिनाइका कारण अहिलेसम्म ढोरपाटन जोड्न सकिएको छैन, चालु आर्थिक वर्षको बजेटले पनि भ्याउँछ कि भ्याउँदैन, ठेक्का प्रक्रिया अगाडि बढेको छ, पोहोर साल झन्डै पाँच किलोमिटर सडकको ट्र्याक खुलाएका थियौँ, यस वर्ष पनि अब केही दिनमा काम सुरु गर्छौं ।”
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले धवलागिरि–२ मरेनीदेखि पातीहाल्नेसम्मको १० किलोमिटर ट्र्याक खुलेपछि ढोरपाटन जोडिने बताए । म्याग्दी सदरमुकाम बेनी बजारदेखि पातीहाल्नासम्म ८६ किलोमिटर दूरी रहेकामा हालसम्म करिब ७६ किलोमिटर सडक खुलेको उनको भनाइ छ । यो सडक ‘पर्यटकीय सडक’ हुने निश्चित रहेको भन्दै काठमाडौं, पोखरा लगायतका शहरदेखि ढोरपाटन पुग्ने पर्यटकलाई छोटो पर्ने उपाध्यक्ष पुन बताउँछन् ।
“यो सडक निर्माण गर्न थालेको धेरै समय भयो, सडक खुलेर ढोरपाटनदेखि यातायात सञ्चालन हुन थाले भने म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका नागरिकलाई यातायातमा सहज हुने नै भयो”, पुनले भने, “त्यसका साथै म्याग्दी हुँदै ढोरपाटन पुग्ने पर्यटकलाई पनि धेरै छिटो हुने थियो, सडक सञ्चालनमा आयो भने ढोरपाटनमा ठूलो सङ्ख्यामा पर्यटक बढ्ने सम्भावना छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कात्तिक २५, २०८१ आइतबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार