नेपालले उठाउने एजेन्डा लिएर प्रधानमन्त्री अघि एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल चीन जाने
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार ११:७:३०
२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जानुअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चीन जाने भएका छन् । पोखरेलको नेतृत्वमा एउटा जम्बो टोली नै जान लागेको हो । एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय टोली चीन जान लागेको स्रोतले जनाएको छ । सचिव लेखनाथ भट्ट, सम्झना देवकोटा, शान्ति ढकाल, सरिता भुसाल, टंक बराल, दीपेन्द्र श्रेष्ठसहितका नेताहरू टोलीमा छन् ।
चीनको अन्तर्राष्ट्रिय विभाग आइडीसीपीसीले आयोजना गर्न लागेको दोस्रो ग्लोबल साउथ चीन थिंक टैंक फोरमको सम्मेलनमा सहभागी हुन एमालेका नेताहरूको चीन भ्रमण हुन लागेको हो । फोरम नोभेम्बर १३ देखि १५ तारिखसम्म हुँदैछ । ग्लोबल साउथ चीन थिंक टैंक फोरममा नेपालसहित १४० देश सहभागी छन् । फोरममा विभिन्न देशका शीर्ष नेता तथा बुद्धिजीविहरुकाे उपस्थिति रहने बताइएको छ ।
भ्रमणका क्रममा एमाले टोलीले नेपाल–चीन सम्बन्धका विभिन्न आयामका बारेमा चिनियाँ नेताहरूसँग छलफल गर्नेछ । सम्मेलनमा एमाले उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणमा नेपालले उठाउने एजेन्डाका बारेमा पनि टोलीले चिनियाँ नेताहरूसँग छलफल गर्नेछन् । सम्मेलन सम्पन्न भएपछि एमाले टोली राजधानी बेइजिङ जानेछ । त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष तहका नेताहरूसँग भेटघाट हुनेछ । टोली नोभेम्बर २१ तारिखमा स्वदेश फर्कने छ ।
त्यसक्रममा ओलीको भ्रमणलाई द्विपक्षीय समझदारी कार्यान्वयनमा जोड दिइने बताएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी डिसेम्बर पहिलो साता हुँदै छ । मंसिर १७ ओली चीन जानेछन् । एमालेको शनिबार बसेको सचिवालय बैठकले ओलीको चीन भ्रमणको बारेमा सामान्य छलफल गरेको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण एकदम छोटो हुने र भ्रमणका क्रममा विगतमा भएका उच्चस्तरीय समझदारी कार्यान्वयनमा जोड दिइने बताएका छन् ।
‘डिसेम्बरको पहिलो साता हुन्छ। एकदम छोटो भ्रमण हुन्छ। द्विपक्षीय भेटघाट र वार्ताहरू सक्काएर उहाँ फर्किनुहुन्छ। मूलतः चिनियाँ राष्ट्रपति नेपाल आउँदा खेरी भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयन नै हाम्रो जोड हुने छ,’ उनले भने, ‘त्यसका अलावा द्विपक्षीय हितका अन्य विषयहरूमा पनि हामी केन्द्रित भएर छलफल गर्ने छौँ ।’
एमालेका अनुसार चीन भ्रमणका बीआरआई अन्तर्गत रहेका नौ वटा परियोजनाबारे छलफल हुने बताइएको छ । ती परियोजनामध्ये केरुङ–काठमाडौं रेलमार्ग परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भई विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार हुँदैछ । रेलवे विभागका अनुसार सन् २०२६ को जूनमा डीपीआर तयार हुनेछ । ती परियोजनामा रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथांका–लिने सडक निर्माण, दीपायलबाट चिनियाँ नाकासम्मको सडक, टोखा–विदुर सडक (टनेलसहित), गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन, केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन, तमोर हाइड्रो परियोजना (७६२ केभी), फुकोट कर्णाली हाइड्रो परियोजना (४२६ केभी) र मदन भण्डारी विश्वविद्यालय हुन् ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी बीआरआई दोस्रो सम्मेलनमा छानिएका ३५ परियोजनामध्ये नेपालको सन्दर्भमा नेपाल–चीन ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क परियोजना छनोटमा परेको छ तर त्यसको कुनै पनि प्रगति भएको छैन । बीआरआईको अवधारणाअनुसार पहिलो चरणमा दुई सरकारले परियोजना छनोट, दोस्रो चरणमा चीनका सरकारनियन्त्रित कम्पनीले ती परियोजनाको व्यावसायिक सम्भाव्यता अध्ययन र तेस्रो चरणमा चिनियाँ सरकारी बैंकले ऋण प्रवाह गर्ने हो । बीआरआई कार्यान्वयनका तीन चरणमध्ये नेपालमा पहिलो चरणमै छ । नेपाल र चीन सरकारबाट बीआरआईअन्तर्गत परियोजना छनोट नै भएका छैनन् । नेपाल सरकारले बीआरआई कार्यान्वयनको मोडालिटी तयार गर्न नसकेका कारणले दोस्रो चरणमा प्रवेश गर्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार