लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार ११:४३:१०
•चन्द्रकान्त खनाल
२५ कार्तिक, रुपन्देही । लुम्बिनीमा रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहका रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त ६ पदमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट ४ जना र माओवादीबाट २ जना निर्वाचित भएका थिए । ती सबै पदमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाइसकेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले केही स्थानमा टुङ्ग्याएका छन् ।
लुम्बिनीमा हुने उपनिर्वाचनका पद मध्य रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई प्रमुख दल कांग्रेस, एमाले र माओवादीले विशेष चासोका साथ हेरेका छन् । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले उपनिर्वाचनमा भाग लिने तयारी गरे पनि अहिलेसम्म उम्मेदवारको घोषणा गरेको छैन ।
लुम्बिनीमा कुन कुन ठाउँ हुँदैछ उपनिर्वाचन ?
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार एक गाउँपालिका उपाध्यक्ष र ५ वटा वडाध्यक्षको लागि निर्वाचन हुने छ । यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।
गत भदौ २८ गते सवारी दुर्घटनामा परी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको मृत्यु भएको थियो । उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएकी थिइन् । उनको मृत्यु पछि रिक्त रहेको उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो ।
यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका अध्यक्ष पनि सोही सवारी दुर्घटनामा परी मृत्य भएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था अनुसार उपनिर्वाचनको तयारी गरिएको हो ।
यी रिक्त पदहरुमा एमालेले उम्मेदवारको टुङ्गो लगाइसकेको छ । एमालेले रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा केशकुमारी तुलाचन, वडा नं २ को अध्यक्षमा जीवन रोका, गुल्मी मुसिकोट नगरपालिका वडा नं १ को अध्यक्षमा दलबहादुर थापा, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ४ मा विष्णुप्रसाद सापकोटा, कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ मा अब्दुल मोजिन खाँ, रोल्पा रुन्टिगढी गाउँपालिका ४ को अध्यक्षमा बेगम पुनलाई उम्मेदवार बनाइएको एमाले लुम्बिनीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए।
कांग्रेस र माओवादीले अझै औपचारिक रुपमा उम्मेदवारको घोषणा गरेका छैनन् । कांग्रेस र माओवादीले अबको १/२ दिनमा नै उम्मेदवार टुङ्ग्याउने बताएका छन् । रास्वपाले उपनिर्वाचनमा भाग लिने बताए पनि अहिलेसम्म उम्मेदवार घोषणा भने गरेको छैन ।
यस्तो थियो , २०७९ को मतपरिणाम
२०७९ को निर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । तत्कालीन अवस्थामा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्र बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाउनु भएको थियो। यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । यहाँ पनि गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर यो वडाको वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए।
यता गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।
यता रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका टंकबहादुर पुन ४८८ मत पाएर विजयी भएका थिए भने, उनका प्रतिस्पर्धी एमालेका वेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाएका थिए।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष सुर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको वडाअध्यक्ष पद खाली भएको थियो । गत निर्वाचनमा विष्टले १ हजार २०९ मत पाएका पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।
यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८८९ मत पाउनु भएको थियो ।
रुकुममा माओवादीलाई हराउन कांग्रेस–एमालेको गठबन्धन
लुम्बिनीका रिक्त पद मध्य रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले प्रमुख पदमा सबै जित्ने दाउमा छन् । माओवादी केन्द्र बलियो भएकाले यहाँ सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र एमालेले गठबन्धन गर्ने गरी भित्री रुपमा तयारी समेत गरेका छन् । तर, यी दल मध्य कसले उपाध्यक्ष पद पाउने भन्नेमा कुरा नमिल्दा निष्कर्षमा पुग्न सकेका छैनन् ।
यता माओवादीले अहिले पनि जित आफ्नो पक्षमा पार्न विप्लव नेतृत्वको नेकपा र एकीकृत समाजवादीसँग तालमेल गरेर जाने तयारीमा छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले पुथाउत्तर गंगाको उपाध्यक्षमा एमालेसँग मिलेर जाने सम्भावना रहेको बताए। ‘यहाँ मिलेर जानु पर्छ भनेर हाम्रो विचमा छलफल पनि भइरहेको छ । सकेसम्म यहाँ हामी कांग्रेस र एमालेले मिलेर नै जान्छौँ,’–सभापति पुनले भने ।
यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पनि रुकुम पूर्वमा कांग्रेससँग मिलेर नै जान सकिने बताए । उनले पनि मिलेर जानु पर्छ भनेर विभिन्न चरणमा कांग्रेस एमालेको छलफल भएको र मनोनयन हुने दिनसम्म भए पनि सहमति हुने उनले बताए । ‘हामीले उपाध्यक्षको उम्मेदवार घोषणा गरेका छौँ । तर, पनि हामी अहिले पालिका उपाध्यक्षमा मिलेर जानु पर्छ भन्नेमा दुई दल एक मत नै छौँ । सकेसम्म हाम्रो विचमा छिट्टै सहमति हुन्छ,’–उनले भने।
यता नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रुकुम पूर्व र रोल्पामा कांग्रेस–एमाले पहिला पनि मिल्ने गरेको बताउँदै दुई दल मिले पनि यस पटक पनि जीत निकाल्ने गरी तयारी गरेको बताए । ‘रोल्पा र रुकुममा कांग्रेस र एमाले विगतमा पनि मिल्ने नै गरे । यसकारण अहिले पनि मिल्दा हामीले त्यस्तो चिन्ता गर्नु पर्ने विषय नै होइन,’– अध्यक्ष बरालले भने । साथै अध्यक्ष बरालले रुकुममा विप्लव र नेकपा एससँग मिलेर जाने गरी छलफल भएको र छिट्टै निष्कर्षमा पुग्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार