कांग्रेस र एमालेको हानथापले नेतृत्वविहीन भयो स्वास्थ्य बीमा बोर्ड, अध्यक्षको राजीनामा बल्ल स्वीकृत
नेपालबहस संवाददाता
कात्तिक २६, २०८१ सोमबार १७:२९:४०
२६ कात्तिक, काठमाडौं । सरकारमा रहेका दल नेपाली कांग्रेस र नेकपा एमालेबीच तानातान चल्दा स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन बनेको छ । बोर्डमा कसलाई पठाउने भन्नेबारे दुई दलबीच गलफती छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहीन भएको हो ।
अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजीनामा दिएका थिए । तर उनको राजीनामा बल्ल आएर स्वीकृत भएको छ । बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि माथि कुरा नमिल्दा मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था गर्न सकेको छैन । बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखाका कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।
कर्मचारीका अनुसार अहिले दुवै पदमा पार्टीगत भागबन्डाको आधारमा नियुक्ति गर्ने तयारी चलिरहेको छ । ठूला सत्तारुढ दले भागबन्डाको आधारमा ल्याउने तयारी भएको छ । अध्यक्ष र निर्देशक लागि केही व्यक्तिले चलखेल पनि थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका बेला स्वास्थ्य बीमा बोर्ड भने नेतृत्वविहीन भएको छ ।
बल्ल आएर स्वास्थ्य बिमा बोर्डका अध्यक्ष लोहनीले बुझाएको राजीनामा दुई महिनापछि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । २०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका डा. लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै गएको भदौ २८ गते राजीनामा पत्र बुझाएका थिए ।
स्वास्थ्य मन्त्रीको सचिवालयमा बुझाइएको पत्र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले असोज पहिलो साता नै मन्त्रिपरिषद् लगे पनि स्वीकृत हुन समय लागेको हो । उनको राजीनामा स्वीकृत गर्न किन समय लगाइयो भन्ने कुरा पनि अन्योलमै छ । बोर्डका कार्यकारी निर्देशक डा. युवनिधि बसौलाको समेत सोमबारबाट नै चार वर्षे कार्यकाल सकिएको छ । उनी केही दिनअघि नै बोर्डबाट बिदा भइसकेका छन् । अध्यक्ष र कार्यकारी निर्देशक दुवै बाहिरिएसँगै बोर्ड तत्काललाई नेतृत्वविहीन बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार