तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १८:३२:१२
१ मङ्सिर, काभ्रे । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले तीनै तहका सरकारबीचको समन्वयमा पुनःनिर्माणमा लागिने बताएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गर्ने क्रममा उनले पुनःनिर्माण एवं पुनर्वास कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए ।
“प्रदेशभित्रका बाढी प्रभावित स्थानीय तहमा पुनःनिर्माण एवं पुनर्वासका कार्यक्रम गर्न योजना बनाइने र क्रमशः कार्यान्वयनमा गइनेछ,” लामाले भने, “यसका लागि पनि तिनै तहको सरकारबीच सहकार्य आवश्यक पर्दछ ।” बाढीपहरिोबाट मृत्यु भएका प्रतिपरिवारलाई कार्यविधिअनुसार नै रु एक लाख राहत रकम प्रदान भइरहेको उल्लेख गर्दै उनले प्रदेश सरकारसँग विपद् ब्यवस्थापनका लागि केही बजेट भएको जानकारी गराए।
मुख्यमन्त्री लामाले भने, “अब क्षतिको विवरण सङ्कलन गर्ने र विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच छलफलमार्फत सहकार्य गर्नका लागि निर्णय पनि गर्न बाँकी रहेको छ ।”
मुख्यमन्त्री लामाले विपद्प्रभावितका लागि अपुग राहतका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको बताए । “हामीले भएको राहत रकम जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पठाएका छौँ, बाँकीलाई क्रमशः पठाउँदै गइनेछ,” उनले भने ।
असोजको दोस्रो साता आएको बाढीपहिरोमा उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ताको अवस्थामा छन् । बाढीपहिरोले दुई सय ८२ घरपरिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोले चार सय ८१ घर पूर्णरुपमा र एक हजार एक सय ६३ घरमा आंशिक क्षति पुगेको छ ।
यसैबीच गाउँपालिकाले बाढीपहिरोको क्षति र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्री लामाको ध्यानार्षण गराएको छ । आज गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि बजेट ब्यवस्थापन गर्न अनुरोध गरेका हुन् । मुख्यमन्त्री लामाले आवश्यक सहयोग र बजेट ब्यवस्थापनका लागि आफूले पहल गर्ने बता ए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
माओवादी कसकौ वैशाखी टेक्दैन,आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार