बोर्डलाई एक वर्ष नेतृत्ववीहिन बनाएर ओलीले सन्तोषनारायण श्रेष्ठलाई नै बनाए धितोपत्रको अध्यक्ष
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार २०:४९:११
१० मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका व्यक्ति हुन् । प्रधानमन्त्री नहुँदै ओलीले श्रेष्ठलाई बोर्डको अध्यक्ष बनाउन चाहेका थिए । यस विषयमा अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीकाबीचमा नोकझोक नै चलेको थियो ।
अध्यक्ष सिफारिस समितिले बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित उनलाई पनि सिफारिस गरेको थियो । तीन जनामध्ये सोमबारको मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि गठित सिफारिस समितिले फागुनमै अध्यक्ष पदका लागि आवेदन खुलाएको थियो । १९ जनाको आवेदन परेकोमा समितिले ५ जनालाई सर्टलिस्टमा पारेको थियो ।
नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ तथा बोर्डका दुई कार्यकारी निर्देशक डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेकामध्ये दुई जना मुक्तिनाथ र सन्तोषनारायणले असारको पहिलो साता नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । तर, बाँकी तीनजना अधिकारी, कार्की र चापागाईंलाई अर्थ मन्त्रालयले दुई पटक अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि बोलाएको थियो । त्यसमा तीनै जना अनुपस्थित भए ।
२०८० पौष २० गतेदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको थियो । एमाले अध्यक्षसमेत रहेका ओलीले सो पदमा चोप नारायण श्रेष्ठका छोरा सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्न दवाव दिएपछि २०८१ असार ६ गते बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले नै श्रेष्ठलाई नियुक्त गर्ने प्रयास गरेको थियो । तर, केही कानुनी प्रश्न उठ्ने देखिएपछि र सो समयमा सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेको भन्दै सिफारिस समितिले मन्त्रिपरिषदमा नाम सिफारिस गर्न सकेको थिएन । नत्र श्रेष्ठ उतिबेलै अध्यक्ष भइसक्थे ।
नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । तर सर्टलिस्टमा परेका र अन्तर्वार्ता समेत दिइसकेका उम्मेदवार सन्तोषनारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाले । अदालतले उनले मागेजस्तै तत्काल नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश दियो । यसरी प्रक्रिया अवरुद्ध भई दोस्रो चरणका प्रक्रिया सुरु भएपछि पनि श्रेष्ठले निरन्तरता पाए ।
प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी ओली नेतृत्वको नयाँ सरकार बन्यो । सरकारले अध्यक्ष नियुक्तिको पुरानै प्रक्रियालाई ब्यूँतायो । त्यसपछि सरकारले यसअघि अन्तर्वार्तामा अनुपस्थित रहेका तीन जना उम्मेदवारलाई पुनः अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिका लागि बोलाएको थियो । पछिल्लो अन्तर्वार्तामा पनि एक उम्मेदवार चापागाईं अनुपस्थित रहे भने दुई उम्मेदवार कार्की र अधिकारीले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।
सिफारिस समितिले आइतबार मात्रै तीन जना उम्मेदवारहरू क्रमशः नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्रीपरिषद्ले तिनै तीन नाममध्येबाट श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । चोप नारायाण नेपाली कांग्रेसका नेता भएपनि सन्तोषनारायण भने ओली नजिक हुन पुगे । केही व्यवसायीक कारणले ओली र श्रेष्ठबीच सम्बन्ध बनेको हो । नियुक्ति लगत्तै श्रेष्ठको छबिमाथि शेयरबजारमा प्रश्न उठ्न थालिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजार २७३४ अंकमा झर्दा कारोबार पनि घट्यो, ८ अर्ब ३६ करोडका शेयर खरिदबिक्री भए
मंसिर २०, २०८१ बिहिबार
बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
मंसिर १९, २०८१ बुधबार
१७.८० अंकले बढेर २७७५ विन्दुमा पुग्यो नेप्से, कारोबार भने घटेर ८ अर्ब ५२ करोडमा सीमित
मंसिर १८, २०८१ मंगलबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
नेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा शेखर कोइराला
मंसिर २२, २०८१ शनिबार
धर्म, कमाई र मनोरञ्जनका प्रतीक–गढीमाई मेला
मंसिर २३, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमै राखिने
मंसिर २३, २०८१ आइतबार
कञ्चनजङ्घा हिमाल पृष्ठभूमिमा माङहिम
मंसिर २३, २०८१ आइतबार
बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
मानवसेवा स्मारकको भवन शिलान्यास
मंसिर २३, २०८१ आइतबार
प्रधानमन्त्रीले मानवसेवा आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब दिने
मंसिर २३, २०८१ आइतबार