महोत्तरी र पर्साका सीडीओमाथि कारवाहीको तयारी, मन्त्रालयमै बोलाएर गृहमन्त्रीले सोधे स्पष्टीकरण
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १६:२:३
१२ मंसिर, काठमाडौं । गृह मन्त्रालयले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीमाथि कारवाहीको तयारी गरेको छ । उनीहरुलाई कारवाही गर्नु अगाडि बुधबार स्पष्टीकरण सोधिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले उनीहरुलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण लिएका हुन् ।
महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीमाथि विभिन्न प्रश्न उठेका थिए । त्यसबारे गृहमन्त्रीले सोधपुछ गर्नुभएको हो, स्रोतले भन्यो । दुई सीडीओसँग गृहमन्त्रीले आज मौखिक स्पष्टीकरण मागेका हुन् । थप आवश्यक परे उनीहरूसँग लिखित रुपमै स्पष्टीकरण मागिनेछ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्री लेखकले मंगलबार मन्त्रालयमा बोलाएका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर ७ गते महोत्तरी प्रशासनका नायव सुब्बा अशोककुमार यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको विषयमा कवारीसँग सोधिएको थियो । कवारीलाई गृहमन्त्रीले कारवाही हुने चेतावनी पनि दिएका छन् । पर्साका सीडीओ अर्यालले एक सुत्केरीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोधिएको थियो ।
उनले गत कात्तिक ३० गते एक कार्यक्रममा सुत्केरीको मृत्यु भएको घटनामा चिकित्सकलाई लक्ष्य गर्दै अभिव्यक्ति दिएका थिए । त्यसपछि उनलाई हटाउन दवाव परेको थियो । उनले आफू भए अस्पतालमा नै आगजनी गर्ने जस्ता अभिव्यक्ति दिएका थिए । मंसिर ३ गते नेपाल चिकित्सक संघले गृहमन्त्री लेखकलाई भेटेर नै ध्यानाकर्षण गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं सिडिओ अफिसमा घुसखोर कर्मचारीकै टीम !
मंसिर १७, २०८१ सोमबार
अमेरिकासहित चार देशका राजदूतलाई राष्ट्रपति पौडेलले गराए शपथ ग्रहण
मंसिर १६, २०८१ आइतबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा शेखर कोइराला
मंसिर २२, २०८१ शनिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ
मंसिर २२, २०८१ शनिबार
ग्यास बुलेट दुर्घटनामा बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन
मंसिर २३, २०८१ आइतबार
अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास
मंसिर २३, २०८१ आइतबार
पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै
मंसिर २३, २०८१ आइतबार
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !
मंसिर २३, २०८१ आइतबार
एक सय जनाको आँंखाको शल्यक्रिया सम्पन्न ( फोटो फिचर )
मंसिर २३, २०८१ आइतबार
गुफामा बस्दै आएका भिक्षुको स्वास्थ्य परीक्षण
मंसिर २३, २०८१ आइतबार