३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १५:५८:५७
१२ मंसिर, काठमाडौं । बुधबार शेयरबजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७५६ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।
आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ । आज कारोबारमा आएका सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव २७ र विकास बैंक समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ । २०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्सबाहेक सबै सेक्टरका सूचक बढे ।
विकास बैंक समूह ३.१८ प्रतिशत बढ्यो । बैंकिङ ०.३१, होटल तथा पर्यटन १.४४, हाइड्रोपावर १.६७, लगानी ०.७९, जीवन बीमा २.८१, उत्पादन ०.६३, माइक्रोफाइनान्स ०.९६, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशत बढे । फाइनान्स समूह ०.४७ प्रतिशत घट्यो ।
व्यापार समूह सबैभन्दा धेरै ९.२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ मात्रै सूचीकृत छन् । आज विशाल बजारको मूल्य १० प्रतिशत बढ्दा समग्र सेक्टरलाई बढी प्रभाव पर्यो । ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ६.७७, थ्रीस्टार हाइड्रोपावरको ६.५२, जानाकी फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजार २७३४ अंकमा झर्दा कारोबार पनि घट्यो, ८ अर्ब ३६ करोडका शेयर खरिदबिक्री भए
मंसिर २०, २०८१ बिहिबार
बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
मंसिर १९, २०८१ बुधबार
१७.८० अंकले बढेर २७७५ विन्दुमा पुग्यो नेप्से, कारोबार भने घटेर ८ अर्ब ५२ करोडमा सीमित
मंसिर १८, २०८१ मंगलबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा शेखर कोइराला
मंसिर २२, २०८१ शनिबार
नेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक ट्रम्प
मंसिर २३, २०८१ आइतबार
बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्छन् फणिनारायण
मंसिर २३, २०८१ आइतबार
बिद्रोहीद्धारा राजधानी कब्जा, सिरियाका राष्ट्रपति बेपत्ता
मंसिर २३, २०८१ आइतबार
नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि यःमरी उत्सव गरिने
मंसिर २३, २०८१ आइतबार
तनहुँमा ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर
मंसिर २३, २०८१ आइतबार
“ विभेदरहित मुलुक बनाउनका लागि सरकार जिम्मेवार हुनुपर्छ” : पूर्वमन्त्री गुरुङ
मंसिर २३, २०८१ आइतबार