के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १२:२१:६
१३ मंसिर, काठमाडौं । वस्तु र सेवाको शुल्क तत्कालै तिर्न सकिने मोबाइल वालेट बीच डिजिटल कारोबारलाई बढाउने प्रतिस्पर्धा चलिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङबाट वालेटको काम समेत गर्दा वालेटलाई बजारमा स्थापित हुन चुनौती थपिरहेका बेला डिजिटल कारोबार गर्ने खल्ती वालेट असुरक्षित देखिएको छ । उपभोक्ताले सुरक्षित भुक्तानी सेवाको रुपमा लिएका वालेटमा बदमासी देखिएको हो । सेवा प्रदायक ‘खल्ती वालेट’कै कर्मचारीहरूले सेवाग्राहीको व्यक्तिगत कागजात र विवरणहरू आपराधिक गिरोहहरूलाई बेच्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।
सेवाग्राहीका नागरिकताको प्रतिलिपि, फोटो र अन्य व्यक्तिगत विवरण डाउनलोड गरी ती गिरोहलाई उपलब्ध गराउने र सेवाग्राहीको नाममा सीमकार्ड लिने गरेको पाइएको छ । ती सीमबाट वालेट खाता खोल्ने र त्यस्ता खाताहरू अवैध आर्थिक कारोबारमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । ग्राहकले खाता खोल्न अनिवार्य भर्नुपर्ने 'नो योर कस्टुमर' (केवाईसी) विवरण दुरुपयोग गरेर ५५ भन्दा धेरै फर्जी वालेट खाता खोलिएको पत्ता लागेको छ ।
घटनामा संलग्न रहेको आरोपमा खल्ती वालेटका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्यलाई तीव्र पारेको जनाएको छ । ‘वालेटका ग्राहकहरूको केवाईसी रुजु गर्ने विभागका कर्मचारीहरूले सेवाग्राहीहरुले अपलोड गरेका फोटो, नागरिकताको प्रतिलिपिलगायत विवरण आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा विभिन्न मोबाइल नम्बरहरूबाट ५५ वटाभन्दा बढी वालेट गैरकानुनी रुपमा खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ,’ प्रहरीले दुई दिन जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वालेट सेवाग्राहीहरूको केवाईसी रुजु गर्ने वालेटकै ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका–५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ ठेगाना भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरुले आफ्नो वालेटको केवाईसी रूजु गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपि लगायतका विवरण डाउनलोड गर्ने गरेको प्रहरीले जनाएको छ । अहिले ई सेवा, आइएमई पे, खल्ती डिजिटल, प्रभु पे, सेल पेबीच सेवा–सुविधा र ग्राहक बढाउनेमा प्रतिस्पर्धा छ ।
प्रतिस्पर्धाको अवस्थामा पनि खल्ती सबैभन्दा बढी असुरक्षित देखिएको हो । खल्ती डिजिटलका निर्देशक अमित अग्रवाल हुन् । सूचना–प्रविधिको उपयोग र ग्राहक सेवालाई सहजीकरण गर्दै जाने क्रममा बैंक तथा वित्तीय संस्थाले डिजिटल बैंकिङ मार्फत दिएको सेवा वालेटका लागि चुनौती बनेको अवस्थामा खल्तीको बदमासीले झन बल पुगेको छ । विभिन्न बैंकको एप प्रयोग गरेर एक बैंकबाट अर्कोमा पैसा पठाउने, वस्तु र सेवाको शुल्क तिर्नेसहितको सुविधाले वालेटलाई चुनौती थपिएको छ ।
सन् २०१७ देखि सञ्चालनमा आएको खल्ती एक मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायक हो । खल्तीको प्रयोग गरेर प्रयोगकर्ताले घरमै बसी अनलाइन र मोबाइलबाट विभिन्न किसिमका वस्तु तथा सेवाको भुक्तानी गर्दा गर्दै सेवाग्राहीमाथि घात भएको छ । मोबाइल रिचार्जदेखि बिजुली, खानेपानी, इन्टरनेट, डीटीएचको महसुल भुक्तानी, चलचित्रको टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटल रुम बूकिङ गर्ने र अनलाइन किनमेलको भुक्तानीका लागि सर्वसाधारणले ‘खल्ती’ एप प्रयोग गर्दा निकै नै होसियारी अपनाउनु पर्ने भएकाले कतिपय उपभोक्ताले त यसको एप नै हटाउन थालिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार