स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १६:३८:५५
११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइन लागेको छ । सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बिहीबार साँझ ५ः३० बजे बुद्ध एयरबाट काठमाडौं ल्याइने भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले ५ बजे हवाई मार्गबाट काठमाडौं लाने तयारी गरिएको तर, टिकट आइनसकेको बताए ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनी विरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ ।
रविलाई अनुसन्धानका लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याइन लागेको हो । यो सहकारीको १ अर्ब ११ करोड १८ लाख ५८ हजार रकम हिनामिना भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–१४, कालिमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट स्वर्णलक्ष्मी सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गर्दा १ अर्ब ११ करोड १८ लाख हिनामिना भएको छ ।
ठगीको अनुसन्धान गर्दा यसमा जीबी राईसहित स्वर्णलक्ष्मीका पदाधिकारी संलग्न देखिएका थिए । स्वर्णलक्ष्मीबाट ११ कम्पनीमा सहकारीको बचत लगेको देखिएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतले यही मंसिर २ मा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बयान सकिएपछि उनलाई पुनः कास्की नै पठाइनेछ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले रविलाई चितवन पनि लानेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतले ४ दिन थप्यो रविको म्याद
मंसिर २३, २०८१ आइतबार
सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लामिछानेलाई म्याद थप गर्न अदालत लगियो
मंसिर २३, २०८१ आइतबार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुकः ट्रम्प
मंसिर २३, २०८१ आइतबार
पूर्व अध्यक्ष ज्ञवालीको निधनप्रति कांग्रेसद्वारा दुःख ब्यक्त
मंसिर २३, २०८१ आइतबार
धर्म, कमाई र मनोरञ्जनका प्रतीक–गढीमाई मेला
मंसिर २३, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमै राखिने
मंसिर २३, २०८१ आइतबार
कञ्चनजङ्घा हिमाल पृष्ठभूमिमा माङहिम
मंसिर २३, २०८१ आइतबार
बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
मानवसेवा स्मारकको भवन शिलान्यास
मंसिर २३, २०८१ आइतबार