अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार २२:२३:५४
१३ मंसिर, काठमाडौं । नेपालमा राहदानीको सफ्टवेयर व्यवस्थापन सञ्चालनको काम गरिरहेको फ्रान्सेली कम्पनी आइडीमियाले ठूलो बदमासी गरेको पाइएको छ । सफ्टवेयर प्रणालीमा छिरेर ह्याकरले आक्रमण गरेको भन्दै अरबौंको ठेक्का हात पार्न विगत एक सातादेखि सर्वसाधारण नागरिकलाई दुःख दिएर बदमासी गरेको हो ।
गत साताको बिहीबार अकस्मात् राहदानी सेवा अवरुद्ध भएपछि नेपाल सरकारका सबै जसो निकायमा भाइरस परेको र ह्याक भएको सूचना प्रवाह गरेर गुमराहमा राखिएको थियो ।
बिहिबार राहदानी विभागले राहदानीको लागि अरबौं ठेक्का प्रकाशित गरेको छ । त्यसमा आइडीमियालाई मात्र मिल्ने गरी केही प्रावधान राखिएको कम्प्युटर इन्जिनियरहरूले बताएका छन् । ‘आफ्नो कम्पनीलाई मात्र मिल्ने गरी टेण्डरको सूचना प्रकाशित गर्न बार्गेनिङ गरी सफ्टवेयरको सिष्टम डाउन गराइएको पाइएको छ’, स्रोतले भन्यो ।
स्रोतका अनुसार प्रकाशित हुने टेण्डरमा आफ्नो कम्पनीको अनुकुलका बुँदाहरू समावेश भएपछि मात्रै बुधबारबाट आंशिक रुपमा राहदानी सेवा सुचारु भएको थियो । ‘अरबौको टेण्डरको सूचना र शुक्रबार सबै जिल्लाबाट राहदानी सेवा सुचारु हुने सूचना एकैदिन प्रकाशित हुनुलाई संयोग मान्न सकिन्न’, स्रोतले भन्यो ।पासपोर्ट फारम भरेर प्रक्रिया सुरु गर्ने प्रणाली नै अवरुद्ध भएपछि जिल्ला र नियोगबाट पासपोर्ट सेवा ठप्प भएको थियो ।
राहदानी विभागका अनुसार सेवाग्राहीले विभागसहित जिल्ला र नियोगका २०१ युनिटबाट पासपोर्टको फारम पाउँछन् । ७७ वटै जिल्लाबाट पासपोर्टको फर्म संकलन हुन्छ । नियोग र जिल्लाबाट दैनिक औसत दुई हजार आठ सयदेखि तीन हजारको संख्यामा पासपोर्टको फर्म संकलन हुने गरेको थियो । तर गत बिहिबारबाट सोही कम्पनीले नियोजित रुपमा सफ्टवेयर प्रणाली अवरुद्ध बनाएपछि सेवाग्राहीले पासपोर्टका लागि फारम भर्नै पाएका छैनन् ।
आइडीमियाको लोकल एजेण्ड सिद्धार्थ पाण्डे रहेका छन् । उनकै योजनामा टेण्डर निकालिएको स्रोतको दावी छ । शक्तिकेन्द्रसँग नजिक रहेका पाण्डेले यसअघि पनि यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्सको ठेक्का हाल्दा पनि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को सिस्टम बिगारेका थिए । यातायात व्यवस्था विभागले खरिद गर्न लागेको ४१ करोडको स्मार्ट लाइसेन्स खरिदमा ठेक्का सेटिङ गर्न साइट बिगारिएको थियो ।
उनले नै यसअघि परराष्ट्र मन्त्रालयका कर्मचारीले फ्रान्सको आइडीमियाको स्पोन्सरमा यूरोप भ्रमणमा लगेका थिए । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार असोज ७ गते परराष्ट्र मन्त्रालयका कर्मचारीलाई सो कम्पनीले यूरोप पुर्याएको थियो । यसरी निजी कम्पनीको खर्चमा यूरोप जानेमा राहदानी विभागका कर्मचारीहरू म्युनिक आचार्य, नगेन्द्रबरसिंह थापा, रामकुमार श्रेष्ठ, सुवास मगर, प्रतिमा भुसाल, पुष्करराज नेपाल, मनोजकुमार सिंह, विवेक रिजाल, प्रतिकराज जोशी, कृष्णप्रसाद चापागाईँ, कुञ्जन शाह लगायतका छन् । उनीहरू असोज ७ अर्थात् २३ सेप्टेम्बरमा काठमाडौंबाट भिस्तारा एयरवेजबाट भारतको नयाँ दिल्ली, त्यहाँबाट फ्रान्सको पेरिस हुँदै चेक रिपब्लिक पुगेर उनीहरू फर्किएका थिए ।
ई–पासपोर्टको नयाँ टेण्डर आह्वान गर्ने बेलामा उनीहरुलाई यूरोप भ्रमण गराइएको थियो । ‘टेन्डर डकुमेन्ट तयारी भइरहेको बेला टेन्डरमा सहभागी हुने एउटा कम्पनीको भ्रमणमा कर्मचारीमात्र होइन विभागका महानिर्देशक तथा अन्य उच्चपदस्थहरू यसअघि बैंकक, फिलिपिन्स भ्रमण गरेर फर्किएका थिए’, स्रोतले भन्यो । विभागको महानिर्देशकमा अहिले तीर्थराज अर्याल रहेका छन् । करिब पन्ध्र वर्षदेखि नेपालको पासपोर्ट छपाइमा एकछत्र राज गर्दै आएको आईडीईएमआईले नयाँ टेन्डर पनि लिनका लागि कर्मचारीलाई प्रभावित पार्न यूरोप घुमाएको स्रोतको दावी छ । यसअघि नै टेन्डरभन्दा पनि भेरियसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउनका लागि हरसम्भव प्रयास गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार