चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार २०:५०:५४
१४ मङ्सिर, कैलाली । यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ, तिहार (दीपावली), छठलगायत पर्व सकिएसँगै चाडबाड मनाउनकै लागि घर फर्किएकाहरू पुनः आफ्नो कर्मथलो फर्किन थालेका छन् । हाल सुदूरपश्चिमेलीका नाकाहरू यसरी रोजगारीका लागि छिमेकी राष्ट्र भारत फर्किनेहरूको भीड देख्न सकिन्छ ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दिनहुँ दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारको लागि मुग्लान (भारत) गइरहेको सीमानाकास्थित सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क) ले जनाएको छ । यहाँबाट एक सातामा नौ हजार एक सय ४९ जना नेपाली भारतका विभिन्न सहरमा रोजगारीका लागि बाहिरिएका तथ्याङ्क छ ।
लामो समयदेखि भारतको रत्नागिरीमा रोजगारी गर्दै आएका कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले केही समयअघि चाडपर्व मनाउनैका लागि आफू घर आए पनि पुनः रोजगारीका लागि जान लागेकोे बताए । उनले आफूले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएको बताए । “हाम्रो देशमा काम पाउनै गाह्रो छ, पाइहाले पनि यहाँको कमाइले परिवारको खर्च धान्न मुस्किल पर्छ । त्यसैले रोजगारीका मुग्लान जानुको विकल्प छैन । यस्तै चाडपर्वमा घरपरिवार भेट्न आए पनि फेरि उतै जानुपर्छ”, सार्कीले भने ।
सोही नाकाबाट बाहिरिरहेका डडेल्धुराका गङ्गा महराले पनि बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाटका लागि घर आएको र चाडवर्प सकिएसँगै फेरि रोजगारीका लागि भारतको सुरत फर्किन लागेको सुनाए । यस्तै, अछामका सन्तोष परियारले पनि रोजगारीका लागि भारतको मुम्बई गइरहेको बताए । यसरी छिमेकी मुलुक भारत जाने नेपालीहरू कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् ।
क्तिपयले खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्छन् । खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन् ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्छन् । बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
प्रधानमन्त्रीले मानवसेवा आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब दिने
मंसिर २३, २०८१ आइतबार
“ विभेदरहित मुलुक बनाउनका लागि सरकार जिम्मेवार हुनुपर्छ” : पूर्वमन्त्री गुरुङ
मंसिर २३, २०८१ आइतबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
नेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा शेखर कोइराला
मंसिर २२, २०८१ शनिबार
धर्म, कमाई र मनोरञ्जनका प्रतीक–गढीमाई मेला
मंसिर २३, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमै राखिने
मंसिर २३, २०८१ आइतबार
कञ्चनजङ्घा हिमाल पृष्ठभूमिमा माङहिम
मंसिर २३, २०८१ आइतबार
बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
मानवसेवा स्मारकको भवन शिलान्यास
मंसिर २३, २०८१ आइतबार
प्रधानमन्त्रीले मानवसेवा आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब दिने
मंसिर २३, २०८१ आइतबार