सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १२:१६:४०
१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणको अनुसन्धान अगाडि बढाउन प्रहरीलाई सिफारिस गरेको छ । यो सहकारीको रकम हिनामिनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि जोडिएकी छन् ।
उनीसहितको सञ्चालक समितिलाई अनुसन्धान गरी कारवाही चलाउन महानगरले प्रहरीलाई पत्र पठाएको हो ।
महानगरले सोमबार काठमाडौं प्रहर परिसरलाई पत्र पठाएको जनाएको छ । पत्रमा सहकारी सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर जालसाजी गरेको देखिएको भन्दै तत्कालीन समयका सञ्चालकमाथि अनुसन्धान र कारबाही गर्न भनिएको छ ।
साई स्वागत सहकारीको साधारणसभाले २०७५ पुस २८ गते अध्यक्षमा भरतमणि जंगम, उपाध्यक्ष निकिता पौडेल, सचिव शंकर उपाध्याय दाहाल र कोषाध्यक्ष लुमन दाहाललाई छानेको थियो । महानगरको छानबिनमा संस्थाका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको भेटिएपछि कारबाहीका लागि सिफारिस गरिएको हो । बचतकर्ताको उजुरीका आधारमा महानगरको सहकारी विभागले साई स्वागत सहकारीमाथि केही महिनादेखि अध्ययन गरिरहेको थियो ।
अध्ययन सकिएपछि सोमबार महानगरले अनुसन्धानका लागि प्रहरीलाई पत्र लेख्ने निर्णय गरेको हो । महानगरले समस्या देखिएका ७ वटा सहकारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि यसअघि प्रहरीमा पत्र पठाइसकेको जनाएको छ ।
महानगरका अनुसार निकिताले उपाध्यक्ष रहेकै बखत धितो नराखी ५० लाख ऋण लिएको थियो । यो सहकारीका बचतकर्ताले १ करोड ९ लाख बढी रकम दाबी गरेको महानगरको भनाइ छ । अनुसन्धानका क्रममा संस्थामा गम्भीर त्रुटि तथा जालसाजी गरेको भेटिएको महानगरले जनाएको छ । करिब डेढ महिनाअघि भरतमणिकै अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएपनि त्यसको विवरण महानगरमा पठाइएको छैन ।
०८० असार १० मा सहकारी संस्थाबाट प्राप्त एक पत्रमा पौडेलले उपाध्यक्ष पदबाट राजीनामा गरेको भनिएको महानगरले कैफियतमा उल्लेख गरेको छ । तर कारोबार बिग्रिएपछि सहकारीमा सदस्य नै नरहेकी निमकुमारी छन्तेललाई अध्यक्ष बनाइएको थियो । यो विषय पनि निकै विवादित छ । यसबारे पनि महानगरले अनुसन्धान गर्न भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथुनछेक बहस नसकिएका कारण रवि लामिछाने केही दिन प्रहरी हिरासतमा रहने
पुष २९, २०८१ सोमबार
रविको थुनछेकमा सरकारी वकिलको बहस सकियो, जाहेरवालाबाट भण्डारी र त्रिपाठीको सुरु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार