महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १७:५:१६
१९ मंसिर, काठमाडौं । त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा खान नमिल्ने नरिवल उपभोक्तालाई बेच्ने गरेको भेटिएको छ । राम्रो प्याकेट बनाएर आकर्षक देखाउने र त्यसमा ढुसी परेका नरिवल राखेर बिक्री गर्ने गरेको पाइएको हो । काठमाडौं महानगरपालिकाको अनुगमन टोली भाटभटेनीमा यस्ता नरिवल फेला पारेको हो ।
नरिवल खरिद गर्ने उपभोक्ताले नरिवल खान नमिल्ने भेटिएको भाटभटेनीले फिर्ता नगरेपछि महानगरपालिकालाई उजुरी गरेका थिए । उपभोक्ताले उजुरी गरेपछि महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीले अनुगमन गर्दा ढुसीसहितको नरिवल फेला पारेको थियो । महानगरको टोलीले केही नष्ट गरेको छ भने केही परीक्षणका लागि पठाएको छ ।
नरिवलमा खान नमिल्ने ढुसी फेला परेपछि प्राविधिकको रोहबरमा नष्ट गरेको महानगरले जनाएको छ । यसमा थप कारवाहीको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाइएको छ । यसको रिपोर्ट आएपछि कस्ताे कारवाही गर्ने भन्ने तय हुने महानगरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार