नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार २१:१४:३
१९ मङ्सिर, नुवाकोट । नुवाकोटबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्षीय राजकुमार रिमाल छन्।
छहरे–टोखा–विदुर सडकखण्डअन्तर्गत लिखु गाउँपालिका-१ ढिकुरेस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौबाट ढिकुरेतर्फ आउँदै गरेको बा प्र ०१–००५ ख ९५७४ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
पाण्डेलाई शंकास्पद अवस्थामा गाडीको दायाँ साइडको अन्तिम सिटमा बसी रहेको अवस्थामा खानतलासी गर्दा झोलाभित्र रहेका ३ वटा प्लाष्टिकको झोलाभित्र तीन प्रकारका औषधिजन्य लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
उनको साथबाट डाइजेपाम इन्जेक्सन ८६ थान, वुप्रेनोर्फिन इन्जेक्सन ८९ थान र प्रोमेफाजिन इन्जेक्सन ८६ थान फेला परेको र पाण्डेलाई सोधपुछ गर्दा रिमालले काठमाडौंबाट विदुरसम्म ल्याउन लगाएको बताएपछि रिमाललाई समेत प्रहरीले पक्राउ गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार