‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार २२:९:१६
१९ मङ्सिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयलाई व्यवस्थित गर्न विद्यालय शिक्षा ऐन ल्याउन जरुरी भएको बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाउँदा प्रविधि, बालविकास र बालबालिकाको भविष्यलाई हेरेर बनाउनुपर्ने बताइन् ।
“विद्यालय, शिक्षक र विद्यार्थीको अनुपात कसरी मिलाउने भन्ने विषयमा २०७६ सालमा पनि अध्ययन भए पनि अहिले प्रविधि र अवस्था धेरै बदली सकेको छ”, उनले भनिन्, “विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ, स्थानीय तहले राम्रोसँग अध्ययन गर्न जरुरी छ ।”
मन्त्री भट्टराईले मन्त्रालयले पूर्व सचिव दीपेन्द्र विक्रम थापाको संयोजकत्वमा शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएको समेत जानकारी दिइन् ।
उनले कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएपछि त्यस आधारमा सरकारले आवश्यक काम गर्ने बताइन् । समितिमा सांसदहरूले विद्यालय शिक्षालाई गुुणस्तरीय बनाउनुपर्ने र त्यसका लागि विद्यालय शिक्षा ऐन जरूरी भएको सुझाव राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार