‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार २२:२३:३८
१९ मंसिर, काठमाडौं । नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा एक प्रकारले छापामार शैलीको हस्ताक्षर भएको छ । बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा अनुदान दिन चिनियाँ पक्ष मंगलबार असहमत भएपछि नेपालले सहायता प्रस्ताव राखेर बुधबार छापामार शैलीमा हस्ताक्षर गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सहकार्यमा नेपालले ऋण होइन, अनुदान मात्र लिने प्रस्ताव गरेपछि चिनियाँ पक्षले अस्वीकार गरेको थियो । चिनियाँ पक्षले अस्वीकार गरेपछि नेपालले अनुदानको ठाउँमा सहायता प्रस्ताव गरेपछि चिनियाँहरुसँग बुधबार हस्ताक्षर गर्न तयार भएका थिए । यसपछि नेपाली र चिनिया पक्ष दुवै खुशी देखिएका छन् । नेपाली पक्षले बुधबार दूतावासमा आयोजित रिसेप्सन पार्टीमा खुशीयाली साटासाट गर्यो ।
चिनिया पक्षले बीआरआई अनुदानमा हस्ताक्षर गर्दैनन् भन्नेमा नेपाली पक्ष पहिला नै तयारी अवस्थामा भएकाले सहायता प्रस्ताव गरेको थियो । बुधबार सो प्रस्तावमाथि सामान्य छलफल गरेर हस्ताक्षर भएको थियो । सहायता अर्थात् परियोजनाको आधारमा बीआरआई स्वीकार गर्न नेपालमै सहमत भएर चीन पुगेको भएपनि बाहिर हल्ला गरिएको थिएन । प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई यस सम्बन्धमा सहमत गराइसकेका थिए । जुन कुरा नेपालबहस मंसिर १५ गतेको समाचारमा उल्लेख गरिसकेको छ । अहिले चीन पनि परियोजनाकै आधारमा ऋण वा अनुदान दुवै हुने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
‘नेपाली पक्षले मंगलबार अनुदान (ग्रान्ट) मा मनाउने कोसिस गरेको थियो । तर चिनियाँ पक्षले सबै परियोजना अनुदानमा हुन नसक्ने भनेपछि नेपाली पक्षले ग्रान्टको स्थानमा सहायता (एड) प्रस्ताव ग¥यो । त्यसमा उनीहरू सहमत भएपछि पुनः छलफल हुने गरी मंगलबारको बैठक सकिएको थियो,बुधबार फेरि छलफल बसेपछि सहमति भई हस्ताक्षर भएको छ’, स्रोतले भन्यो ।
दुवै देशले मंगलबार साँझ १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै बीआरआई कार्यान्वयन फ्रेमवर्कमा चाँडै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन् । यो वक्तव्य पछि कतिपयले बीआरआईमा तत्कालै हस्ताक्षर नहुने संकेत आएको जनाएका थिए । तर बुधबार दिउँसो एकाएक सम्झौतामा हस्ताक्षर भयो । मंगलबारको संयुक्त वक्तव्यमा चिनियाँ शहरहरूसँग पोखरा र लुम्बिनीलाई सिधा हवाई उडानले जोड्ने प्रतिबद्धता गरिएको छ। त्यस्तै नेपाली पक्षले सिजाङ (तिब्बत)मामिला चीनको आन्तरिक विषय भएको र नेपालको भूमिमा चीन विरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको थियो । संयुक्त वक्तव्यमा ताइवानलाई पनि चीनको अविभाज्य भूभाग मानिएको थियो । जसले गर्दा बीआरआई तत्काललाई थाती रहेको हुनसक्ने सहजै आँकलन भएको थियो ।
चीन र नेपालबीच बीआरआई कार्यान्वयनसम्बन्धी साझा प्रस्ताव तयार नभएपछि प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमणमा यस सम्बन्धी कुनै सम्झौता हुन सकेन भन्दै मंगलबार ओलीको आलोचना समेत भएको थियो । चीनद्वारा प्रस्तावित कार्यान्वयन योजना र नेपालले पठाएको परिमार्जित मस्यौदामा सहमति नहुँदा बीआरआईमा यसपटक पनि प्रगति हुन नसकेको जनाइएको थियो । जब बुधबार सहमति भयो त्यसबेला प्रधानमन्त्री ओलीको भ्रमण सफल भएको मानियो । नेपालले सन् २०१७ मा चिनियाँ अवधारणामा सहभागी हुने निर्णय गर्दै ‘बीआरआई फ्रेमवर्क एग्रिमेन्ट’मा हस्ताक्षर गरेको थियो ।
बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर नभए पनि प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँगका भेटवार्तामा बीआरआईमा सहकार्यका लागि प्रतिबद्धता जनाएका थिए । चिनियाँ राष्ट्रपति सीले पनि बीआरआई अन्तर्गत नेपाललाई भूपरिवेष्ठितबाट भूजडित अवस्थाको तीव्र रुपान्तरणका लागि सघाउने वचन दिएका थिए । बीआरआई कार्यान्वयनको विषयमा नेपालका प्रमुख दलहरू एक ठाउँ छैनन् भने यो भूराजनीतिक चासोको विषयसमेत बन्दै आएको विषयमा चीन पनि जानकार रहेकाले यसमा पश्चिमा मुलुकको प्रभाव रहेको हल्लाले पनि चीन भ्रमणका बेला प्रधानमन्त्रीलाई असजिलो बनाएको थियो ।
प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । बीआरआई अन्तर्गत सहकार्यमा प्रधानमन्त्री ओलीले दुवै नेतासँग प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री लीले विगतमा भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए । उनले चिनियाँ पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग संसदीय सहकार्यबारे वार्ता गरेका थिए । तर सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नेपालले बीआरआईमा अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्ष असहमत भएको थियो ।
तर बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुँदा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति हुँदा छन् । नेपालले प्रस्ताव गरेको काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति भने सहमतिको सूचीमा अटाएका छैनन । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार