बिद्रोहीद्धारा राजधानी कब्जा, सिरियाका राष्ट्रपति बेपत्ता
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १५:२:४७
२३ मंसीर,विदेश: सिरियाली विद्रोहीहरूले दमास्कस कब्जा गरेपछि सिरियाका राष्ट्रपति बेपत्ता भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरे अनुसार राष्ट्रपति बसर अल असद भागेर बेपत्ता भएको बताइएको छ।
दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिद्रोहीहरूले आधिकारिक रूपमा सत्ता हस्तान्तरण नभएसम्म सार्वजनिक संस्थानहरू पूर्व प्रधानमन्त्रीको निगरानीमा रहनेसमेत बताएका छन् ।समाचार अनुसार बिद्रोहीले राजधानी सहरसमेत कब्जा गरे पछि राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको उल्लेख गरेका छन् ।
सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले असद अहिले कहाँ छन् भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।सोशल मिडियामा साझा गरिएको अप्रमाणित फुटेजले कुख्यात सयदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरिएको देखिएको छ, जहाँ असदका विरोधीहरूलाई यातना र मृत्युदण्ड दिइने गरिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार