किएभ रूसबाट आफ्नो रक्षा गर्न ‘स्थायी’ शान्ति चाहन्छ: जेलेन्स्की
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार २२:२:८
२३ मङ्सिर, किएभ । युक्रेनी नेता भोलोदिमर जेलेन्स्कीले शनिबार पेरिसमा भएको भेटघाटपछि अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष किएभलाई रुसले भविष्यमा ‘विनाश’ गर्न नसक्ने ‘स्थायी’ शान्ति चाहिन्छ भनेको बताएका छन् । यसअघि ट्रम्पले जेलेन्स्की ‘सम्झौता’ गर्न इच्छुक रहेको भन्दै वार्ता सुरु गर्न आह्वान गरेका थिए ।
यो जोडीले एक दिनअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एलिसीमा भेट गरेको थियो । हालैका हप्ताहरूमा घातक आक्रमणहरू बढ्दै जाँदा जारी द्वन्द्वका कारण मस्को र किएभ दुवैले ह्वाइट हाउसमा आफ्नो आगमनका लागि कसरी तयारी गरिरहेका छन् भन्ने कुरा नभइकन आफूले द्रुत गतिमा द्वन्द्व अन्त्य गर्न सक्ने ट्रम्पले दाबी गरेका छन् ।
“हामीलाई न्यायपूर्ण र स्थायी शान्ति चाहिन्छ भनेर मैले स्पष्ट पारेको छु – त्यस्तो शान्ति जुन रुसीहरूले केही वर्षमा विनाश गर्न सक्ने छैनन्, जस्तो उनीहरूले विगतमा पटक–पटक गरेका छन्”, जेलेन्स्कीले सामाजिक सञ्जालमा भने ।
करिब तीन वर्षको युद्धले युक्रेनलाई तहसनहस पारेको छ, हजारौँको ज्यान गएको छ र लाखौँ देश छोडेर भागेका छन् । “युक्रेनीहरू अरू कोहीभन्दा बढी शान्ति चाहन्छन् । रुसले हाम्रो भूमिमा युद्ध ल्याएको छ र शान्तिको सम्भावनालाई बाधा दिन सबैभन्दा बढी चाहने रुस नै हो”, उनले भने ।
उनले पश्चिमी मित्रराष्ट्रहरूलाई ‘कब्जा’ प्रति अन्धो भएर नबस्न आह्वान गर्दै किएभले दीर्घकालीन शान्ति ल्याउने सम्झौतालाई मात्र स्वीकार गर्ने बताए । “युद्ध अनन्त हुन सक्दैन – शान्ति मात्र स्थायी र भरपर्दो हुनुपर्छ”, उनले भने ।
एक दुर्लभ सङ्ख्यात्मक स्वीकारोक्तिमा जेलेन्स्कीले ४३ हजार युक्रेनी सैनिक युद्धमा मारिएका र करिब तीन लाख ७० हजार घाइते भएका बताए । दुवै पक्षले विशाल क्षति व्यहोरेको मानिन्छ र त्यो सङ्ख्या वास्तवमा धेरै बढी हुने विश्वास गरिन्छ ।
– छलफलका ‘मुख्य शर्तहरू’ –
राष्ट्रपति जेलेन्स्कीले वार्ता कस्तो हुन सक्छ भन्ने मुख्य पक्षहरूको बारेमा कुनै ठोस विवरण दिनुभएन तर एक वरिष्ठ युक्रेनी अधिकारीले युद्ध अन्त्यका लागि ‘केही प्रमुख सर्तहरू’ बारे छलफल गरेको बताए ।
“हामीले विवरणहरू खुलासा गरिरहेका छैनौँ तर राष्ट्रपतिहरूले बैठकमा शान्तिको विश्वसनीयताको ग्यारेन्टी गर्ने कुरा हुनुपर्छ भनी छलफल गर्नुभएको छ”, स्रोतले भन्यो ।
यसैबीच क्रेमलिनले युक्रेनलाई युद्धको अन्त्यका लागि वार्ता गर्न ‘अस्वीकार’ गरेको आरोप लगाउँदै शान्ति वार्तामा प्रवेश गर्ने रुसको सर्तहरू अपरिवर्तित रहेको बताएको छ । ती सर्तहरूमा किएभले चार क्षेत्र त्याग्नुपर्ने समावेश छन् ।
“युक्रेनी पक्षले वार्ता अस्वीकार गरेको छ र गर्दैछ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने । उहाँले सन् २०२२ को युक्रेनी आदेशलाई उल्लेख गरे । उक्त आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न अस्वीकार गरिए पनि अन्य रूसी अधिकारीहरूसँग अस्वीकार गरिएको थिएन ।
यसअघि ट्रम्पले ‘तत्काल युद्धविराम’ का लागि आह्वान गर्दै वार्ता सुरु गर्न आग्रह गरेका थिए । “धेरै जीवन अनावश्यक रूपमा बर्बाद भइरहेका छन्, धेरै परिवार विनाश भइरहेका छन् र यदि यो जारी रह्यो भने यो केही ठूलो र झन् खराब कुरामा परिणत हुन सक्छ”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे।
ट्रम्पले पुटिनसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । कति समयसम्म युद्धमा रहन सक्छौँ ? –
तर नेताहरूले किएभ, मस्को र पेरिसमा बयान दिँदै गर्दा पूर्वी युक्रेनको जमीनी अवस्था डरलाग्दो रह्यो । मस्कोले आइतबार पूर्वमा अर्को गाउँ डोनेट्स्क क्षेत्रको ब्लागोडात्ने कब्जा गरेको दाबी गर्यो । त्यहाँ उसले निरन्तर प्रगति गर्दैछ ।
ट्रम्पको पदभार ग्रहणले आफूहरूलाई रूससँग वेदनादायक सहुलियतहरू गर्न बाध्य पार्न सक्छ भन्दै युक्रेनमा धेरैले डर व्यक्त गरेका छन् । राष्ट्रले पनि थकान भोगिरहेको छ ।
पूर्वी खार्किव क्षेत्रको ओसिनोभो गाउँमा ट्रम्प र जेलेन्स्कीबीचको भेटको खबरले फ्रन्टलाइन गाउँका अन्तिम बाँकी बासिन्दाहरू मध्ये एक माइकोला लिटभिनोभलाई केही आशा दिलाएको छ ।
आफ्नो पछाडिको बगैँचामा तरकारीबाट माटो सफा गर्दै ८० वर्षीय लिटभिनोभले यो भेटले वार्तामार्फत द्वन्द्व अन्त्य गर्न सघाउ पुर्याउन सक्ने आशा व्यक्त गरे ।
“हामी कति समयसम्म युद्धमा रहन सक्छौँ रु कति मानिस मारिएका छन्, कति युवा मारिएका छन् र तपाईँले विनाशको ठूलो स्तर देख्नुहुन्छ”, उनले भने ।
उनले युक्रेनले पहिले नै रुससँग वार्ता गरेर आफ्नो अधिक क्षेत्र कायम राख्न सक्ने सुझाउ दिए । यद्यपि उनले अर्को व्यक्तिगत कारणका लागि लडाइँको अन्त्य हुने आशा व्यक्त गरे । “मेरा दुवै छोराहरू लड्दैछन् । म केवल उनीहरू जीवित रहून् भन्ने चाहन्छु”, उनले भने ।
युक्रेनले डोनेट्स्क क्षेत्रमा दुई सर्वसाधारण मारिएको र दक्षिणी खेरसन क्षेत्रमा भएको आक्रमणमा सात जना घाइते भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार