अस्पतालका एक कर्मचारी मृत फेला
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार २२:११:५६
२३ मङ्सिर, सप्तरी । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हल नजिक एक कर्मचारी आज मृत फेला परेका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालका कार्यालय सहयोगी ५५ वर्षीय सुधिरकुमार झा झुन्डिएको अवस्थामा फेला परेका हुन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि सो अस्पतालमा कार्यरत रहेका र उहाँ अस्पताल परिसरमै रहेको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घटनास्थल हेर्दा घटना शङ्कास्पद देखिएको भन्दै सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य खोजी गरिनुपर्ने बताए ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले झाको शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार