म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार ७:३१:८
२४ मङ्सिर, तेह्रथुम । म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गरेकी छन् ।
सो अवसरमा उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पु¥याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गरिन् । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो ।
विसं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिए । उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ ।
त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख मिश्रले बताए ।
उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका–८ मङ्गलबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताए । हिउँदमा जसोतसो सडक चले पनि वर्षातको समयमा यहाँका किसानले काँधमै बोकेर कृषि उपज हटिया ल्याउनुपर्ने बाध्यता यो सडक कालोपत्र भएसँगै अन्त्य हुने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा हिमपातपछि सडक अवरुद्ध, जनजीवन प्रभावित
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार