बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या

नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १०:३३:१९

३ माघ, काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको छ । दुई महिना अघि घरभित्रै मृत भेटिएका रानाको उनको श्रीमती जनककुमारी मात्रै संलग्न नभएर श्रीमतीसँग सम्बन्धमा रहेका भारतीय युवक पनि जोडिएका छन् ।
गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ । भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुख र सियारामकी श्रीमती केही समयदेखि सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर जनककुमारीले हत्या गरेकी थिइन् ।
पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको बयान दिएकी जनककुमारीले १४ गते आफैले रिसमा आएर इट्टाले हानेर हत्या गरेको बयान दिएकी थिइन् । शवको अवस्था हत्या भएको जस्तो देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । त्यसैमाथि मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शङ्कास्पद बनेको थियो ।
केहीबेरको केरकार पछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इँटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् । तर, त्यो बेला उनले आफ्नो प्रेमी समेत रहेका भारतीय नागरिकका विषयमा कुनै कुरा खोलिनन् ।
सियारामले गरेको २८ लाखको बिमा, जनककुमारीको कल डिटेल र स्थानीय केहीको बयानका आधारमा घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको थियो । त्यस क्रममा भारतीय युवकसँगको सम्बन्ध र सम्पर्कपछि श्रीमानको हत्या गरेको प्रहरीले ठहर गरेको हो ।
अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।
रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक नेपाल–भारतमा तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको समेत प्रहरीको भनाई छ । जनककुमारीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने फारुखलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार