कम्पनी रजिस्टारकी सहायक रजिस्टार पन्थी घुससहित पक्राउ  

काठमाडौं । कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार घुस रकमसहित पक्राउ परेकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक रजिस्टार गीता पन्थीलाई एक लाख घुससहित पक्राउ गरेको हो। रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिर्नजाँदा कर रकम छुट गरिदिने भन्दै पन्थीले सेवा ग्राहीबाट एक लाख घुसलिन खोजेको भन्ने सूचनाको आधारमा पन्थीलाई घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता... थप पढ्नुहोस्

यातयातका ५० प्रतिशत कर्मचारीमाथि भ्रष्टचारको मुद्दा , कामकार्यवाही ठप्प

काठमाडौं । पचास प्रतिशतभन्दा बढी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको कामकार्यवाही ठप्प हुन पुगेको खुलासा भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले देशभरका यातायात व्यवस्था विभागको कार्यालयबाट अधिकृत र उपसचिवसहित ५० प्रतिशतभन्दा बढि कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएपछि कर्मचारीको अभा... थप पढ्नुहोस्

१ करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

चितवन । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु.एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु. एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्ज... थप पढ्नुहोस्

भेरीका प्रमुखसहित एघार कर्मचारीलाई कारागार सजाय

बाँके । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महीनाको कारागार सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूलाई तीन महीनाको कारागार सजाय तोकिएको हो । कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही रु आठ... थप पढ्नुहोस्

गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ करोड ६६ लाख अकुत सम्पत्ति आर्जन गरेको दावी

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अदालतले अभियोगपत्रमा रुजु गरेपछि मुद्दा दर्ता भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दर्ता भएको जानकारी दिए। खड्काको १८ करोड ६६ लाख रुपैयाँ ... थप पढ्नुहोस्

भ्रष्टाचारको आरोपमा १३ जना कर्मचारी परे अख्तियार फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा .नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि कृषि बीउ तथा बिजन वितरणमा अनियमितता गरेको, कृषि सामग्री खरीद नै नगरी खरीद गरेको देखाई ढुवानीसमेत गरेको नक्कली बिल भरपाई बनाई भ्रष्टाचार गरेको अभियोग लागेको छ । उक्त बिल भरपाई सदर गरी भुक्तानी लिनेद... थप पढ्नुहोस्

जोशीविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवासमेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत रहेको आरोपमा जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ ।... थप पढ्नुहोस्

सहन्यायाधीवक्ता थापा पाँच लाख घुससहित पक्राउ

पोखरा । सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधीवक्ता थापालाई बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । ठगी सम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए । ढकालका अनुसार थापामाथि थप ... थप पढ्नुहोस्

विकास निर्माणमा हुने अनियमितता जाँच्न आयोगमा अत्याधुनिक प्रयोशाला, १० अर्बभन्दा बढीको बिगो दाबी

१६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा हुने भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा समेत छानबिन गर्ने भएको छ । विकास निर्माणका क्रममा भएका भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने लक्ष्यका साथ सिभिल इन्जिनियरिङ प्रयोगशाखा स्थापना गरेको छ । निर्माण सामग्री, सार्वजनिक निर्माण, सडक, भवन आदि परीक्षणको लागि त्यस्तो प्रयोगशाला स्थापना भएको र कुनै पनि आयोजनामा अनिय... थप पढ्नुहोस्

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे

२ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हालेका छन् । उनी विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज ज... थप पढ्नुहोस्
1 2