fbpx

३६ हजार घूससहित वडा सदस्य पक्राउ

गौशाला । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण ... थप पढ्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोग : दुई सय ३५ मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको नौ महीनामा २३५ मुद्दा विशेष अदालतमा दायर गरेको छ । गत आवमा कूल १९४ मुद्दा दायर गरिएको थियो । आयोगले सो अवधिमा ९० स्टिङ अपरेशन गरी १२७ जनालाई कारवाहीको दायरामा ल्याएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गत वर्षभरिमा १९ हजार ४८८ उजुरी आयोगमा रहेकामा चालू आवको नौ महीनामा मात्रै २० हजारभन्दा बढी उजुरी परेको छ । सेवा प्रवाहका ... थप पढ्नुहोस्

जिल्ला अस्पताल खोटाङको उपकरणहरु स्थानीयको घरमा, सामान राख्ने अर्जुन चौलागाईं सम्पर्क बिहीन

२५ असोज, काठमाडौं । खोटाङ जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको एउटा घर खाली गरेर तत्काल भाडा उपलब्ध गराई दिन घरधनीले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् । जिल्ला अस्पातलले लिलाम गरेको उपकरण राखिएको दिक्तेलस्थित रत्नपार्क नजिक रहेको घर खाली गरेर भाडा उपलब्ध गराइ दिन अनुरोध गर्दै घरधनी राजन केसीले प्रजिअ एकदेव अधिकारी समक्ष लिखित माग गरेका हुन् । २०७२ साल चैत ७ गतेबाट मासिक रु १० हजा... थप पढ्नुहोस्

सरकारका निकायलाई आयोगमा नै बोलाएर अख्तियारले दियो कडा निर्देशन

८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको विश्वासिलो र भरपर्दो वात... थप पढ्नुहोस्

अर्को निर्णय नभएसम्म चुडामणि विरुद्ध मुद्दा नचलाउन सर्वोच्चको आदेश

५ साउन, काठमाडौं । सर्बोच्च अदालतले अर्बै रकम कर छुट दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका चुडामणि शर्मा विरुद्ध तत्काल मुद्दा प्रक्रिया अगाडि नबढाउन विशेष अदालतको नाममा आदेश जारी गरेको छ । अख्तियारको हिरासतमा रहेका शर्मालाई गैर कानूनी तरिकाले थुनिएको भन्दै उनकी श्रीमती कल्पना शर्मा पौडेलले सर्बोच्चमा मुद्दा दायर गरेकी थिइन् । मुद्दाको सुनुवाई गर्दै सर्बोच्चले यो मुद्दालाई पूर्ण इजलाशमा लैज... थप पढ्नुहोस्

अख्तियार दुरुपयोगको काममा सतर्कता केन्द्रले उठायो प्रश्न

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अनियमितता भएको निचोड निकालिएको छ । आयोगमा बैंकम... थप पढ्नुहोस्