fbpx

अछाममा चट्याङ लागेर ६ जना घाइते, उपचार चल्दै

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा चट्याङ लागेर ६ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ रातोमाटेका कौले दमाईको घरमा परेको चट्टयाङले कौले दमाईकी ३२ वर्षीया छोरी किरीथु दमाई र ५ वर्षीय नाती धिरेन्द्र दमाई घाइते भएको इलाका प्रहरी कार्यालय कालेकाँडाका प्रहरी हवल्दार मदनबहादुर विष्टले जानकारी दिए । यस्तै रामारोशन गाउँपालिका– ४ हुडितोलामा पनि शुक्रबार ... थप पढ्नुहोस्

अछाममा भिषण आगलागी ७ घर जलेर नष्ट, करोडौँको क्षति

अछाम । अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका हुन् । आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट क... थप पढ्नुहोस्

नगरपालिकाको गाडीमा अज्ञात समुहद्धारा आगजनी

अछाम । अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब ... थप पढ्नुहोस्

अछाममा चट्याङ लागेर १५ जना घाइते

अछाम । अछाममा चट्याङ लागेर १५ जना घाइते भएका छन् । उनीहरु मध्ये सात जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा सोमबार राती परेको चट्याङले घाइते भएका ११ जना मध्ये ७ जनाको अझै होस खुलेको छैन । बेहोस अवस्थामा रहेकाहरु १४ वर्षका जगत बोहरा, १९ वर्षका भिमपुरा दास, ५२ वर्षका बलिराम दास, ४५ वर्षकी लडु बिक, ५७ वर्षका दुर... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ

अछाम । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी'को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उच्च... थप पढ्नुहोस्

नेकपाका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि नेता भीम रावललाई झड्का

अछाम । नेपाल कम्युनिस्ट पार्टीहरूको गढ मानिने अछाम जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' छाडि सयौ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अछाम जिल्लाको ढकारी गाउँपालिकामा आयोजित गाउँपालिकास्तरीय आमसभामा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले नेपाल बहसडटलाई जानकारी दिए । नेकपाले निर्वाचनका बेल... थप पढ्नुहोस्

पैसा र रक्सी चोरेर भागे वेटर

नेपालगञ्ज । नेपालगञ्जको बसपार्कमा रहेको कान्तिपुर गेष्ट हाउसबाट त्यहिँ कार्यरत ‘वेटर’ ले पैसा र ब्रान्डेड रक्सी चोरेर भागेका छन् । अछाम घर बताउने पदम बुढा गेष्ट हाउसबाट ६५ हजार रुपैयाँ र रक्सी चोरेर भागेका हुन् । एक महिनाअघि मात्रै उनी गेष्ट हाउसमा काम गर्न आएका थिए । उनी नेपाली सेनाका भगौडा हुन् । गेष्ट हाउसमै बस्ने वेटर बुढा शनिबार राति साढे १२ बजेतिर काउन्टरको लकर फोरेर पैसा निकालेका थिए । पैस... थप पढ्नुहोस्

हिमपातका कारण अवरुद्ध सात जिल्लाका यातायात सञ्चालन

अमरगढी । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमे... थप पढ्नुहोस्

व्यावसायिक रुपमा टिमुरखेती

 डोटी। डोटी जोरायल गाउँपालिका ५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ। टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए। उनले भने, ‘टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिक रुपमा टिमुरखेती गर्न थालेका छौ।’ ‘टिमुर फलाउन स... थप पढ्नुहोस्

डोटीमा हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

डाटी । गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ । दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ । हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै... थप पढ्नुहोस्
1 2