टोखा नगरपालिकाका अधिकृत १ लाख घुससहित कार्यालयबाटै पक्राउ

काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए । गोप्य सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले ... थप पढ्नुहोस्