fbpx

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

काठमाडौं । अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन... थप पढ्नुहोस्

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७५ हजार कर्मचारीले भरे

काठमाडौं । समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले आफ्नो नाम दर्ता गराएका छन् । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अनलाइनमार्फत नाम दर्ता गराएका हुन् । बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए। सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेको सहसचिव पनेरुले... थप पढ्नुहोस्

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? अब अनलाइनबाटै वरबधूको खोजी !

काठमाडौं । के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेद... थप पढ्नुहोस्

पहिलो ‘अनलाइन सपिङ बजार’ शुरु

सप्तरी । राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा तीन वर्षीया अदिती कर्णले रिबन काटेर उद्घाटन गरेको गोकर्ण मेघा स्टोरले एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिनेछ । संस्थाले तयार गरेको एप्स र वेबसाइटमार्फत राजविराज नगरका ग्राहकले अबदेखि आफूलाई आवश्यक पर्ने सामान किनमेल र बि... थप पढ्नुहोस्

मालपोत कार्यालयमा अनलाइन, अब फर्जी काम नहुने

दमौली । जिल्ला मालपोत कार्यालय तनहुँले अनलाइन सेवा शुभारम्भ गरेको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन सेवा शुभारम्भ गरिएको हो । अनलाइन सेवा शुरु हुने मालपोत कार्यालय तनहुँ ४१ औँ कार्यालय हो । अनलाइन सेवाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अनलाइन सेवाले पारदर्शिता कायम गर्न सहयोग पुग्ने बताए । उनले यस सेवाले फर्जी कामको अन्त्य हुने विश्वास व... थप पढ्नुहोस्

शेयर खरीद गर्दा भुक्तानी अब अनलाइनबाट

काठमाडौं। अबदेखि शेयर ब्रोकरहरुलाई गरिने भुक्तानी सोझै अनलाइनबाट गरिने भएको छ । शेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई सहयोग पुग्ने गरी शेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमार्फत सिधै भुक्तानी हुने ब्यवस्था मिलाइएको हो। लगानीकर्ताहरुले शेयर खरीद गरे वापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आइपिएसको वेवसाइटमा गएर आवश्यक विवरण भ... थप पढ्नुहोस्

अब अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने

काठमाडौं । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन 'पिजेसी' ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन मही... थप पढ्नुहोस्

पदको दुरुपयोग गर्दै प्रधानमन्त्रीका सल्लाहकार अली !

काठमाडौं । पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्। अलीले सर्वसाधारण नागरिकका संवेदनशील र गोप्य विवरण उपलब्ध गराउन विभिन्न सरकारी निकायलाई पटकपटक दबाबसमेत दिइरहेको फेला परेको छ। अली अनलाइन विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी (अनलाइन पेम... थप पढ्नुहोस्

अनलाइन श्रम स्वीकृति प्रणाली, ’जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड‘

काठमाडौँ, २७ असार । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन शुरु गरिएपछि सेवाग्राही लामो लाम बस्नुपर्ने यसअघिको झन्झट हटेको छ । वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालय श्रमग्राम, ताहाचलमा श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली ल्याइएपछि लाम लाग्नुपर्ने बाध्यता हटे पनि अन्य समस्या हट्न सकेको छैन । अनलाइनबाट लिनसक्ने सेवाहरुको पूर्ण प्रयोग नहुँदा अध्य... थप पढ्नुहोस्