बसुन्धारामा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा नुवाकोट बालकुमारी घर भएका २५ बर्षीय नवराज रिजालको मृत्यु भएको छ । खानीविभाग नजिक आज बिहान साढे ३ बजे बा ६८ प ७४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिँएको थियो । गम्भिर घाइते रिजालको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।... थप पढ्नुहोस्