fbpx

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं । वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा उनका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिनुभएको नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले जानकारी दिए । पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत... थप पढ्नुहोस्
vikshu

भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकार... थप पढ्नुहोस्

राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति

काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । पशुपति आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान व्यक्त गरेका थिए ।अधिकारीलाई एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको चितामै अन्त्यष्टि गरिएको थियो... थप पढ्नुहोस्

पूर्वप्रधानमन्त्री डा.गिरीको अन्त्येष्टि आज गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि बुधबार गरिने भएको छ । निधनअघि गिरीले इच्छाएअनुसार आज दिउँसो तीन बजे पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने परिवारले जनाएको हो । गिरीको दाहसंस्कार सर्वसाधारण नागरिककै जसरी गरिने पनि परिवारले जनाएको छ । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार ग... थप पढ्नुहोस्

पन्ध्र वर्षपछि अन्त्येष्टि

कुशको प्रतिमा बनाएर अन्त्येष्टि बाँके । पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएका छैनन् । परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । पन्ध्र वर्ष बित्यो डाँगी फर्किएनन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारमा अहिलेसम्म पनि द्वन्द्वले बनाएको घाउ निको भएको छैन... थप पढ्नुहोस्