अमेरिकी डलर अहिलेसम्मकै महंगो !

काठमाडौं । अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको बिक्री दर १ सय १२ रुपैयाँ २० पैसा तोकेको छ । जुन अहिलेसम्मकै महंगो हो । ८ महिनाअघि १ जनवरीमा १ अमेरिकी डलरको भाउ १ सय रुपैयाँ ५६ पैसा मात्र थियो । भारतीय मुद्राको स्थिर विनिमय दर रहेका कारण भारु सस्तो हुँदा पनि नेपालमा डलरको भाउ बढ्ने गरेको छ । डलरको भाउ बढ्दा विदेशबाट ल्याउने सामान महंगो हुन जान्छ... थप पढ्नुहोस्