वैदेशिक सहायता बढ्यो, पारदर्शिता सहयोग परिचालनको मूलमन्त्र

काठमाडौं । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको सामाजिक आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेका र त्यो आव २०७३र७४ को तुलनामा १६ प्रतिशतले बढेको छ । त्यसैगरी अघिल्लो आवको तुलनामा ऋण सहायतामा वृद्धि भएको छ भने प्राविधिक सहयोगमा केही क... थप पढ्नुहोस्

६ वर्षयताकै महँगो भयो सुन

काठमाडौं । स्थानीय बजारमा आज १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । सोमबार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ आज ४ सयले बढेर ६१ हजार पुगको छ । तेजावी सुन सोमबार ६० हजार ३ सयमा कारोबार भएको थियो भने आज ६० ... थप पढ्नुहोस्

सन् २०१८ मा डिस्नेको आम्दानी सात अर्ब डलर

काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम... थप पढ्नुहोस्

कतारद्वारा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिने

दोहा, कतार । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले सम्मेलनलाई सम्बोधन गर्दै कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत... थप पढ्नुहोस्

पाकिस्तान-भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

पाकिस्तान । पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, “यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा झण्डै दुई अरबको हाराहारीमा छ ।” गत बुधबार सार्वजनिक प्रतिव... थप पढ्नुहोस्

विदेश जाँदा १५ सय डलरमात्रै लिन पाइने !

काठमाडौँ । अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो । बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए। तीन वर्षअघि राष्ट्र बैंकले ... थप पढ्नुहोस्

अवैध अमेरिकी डलर सहित चाइनिज नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलर सहित चाइनिज नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक ERSHA लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अबैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गर... थप पढ्नुहोस्