fbpx

कम्प्युटर प्रणालीलाई निशाना बनाएर इरानी अस्त्र प्रणालीमा साइबर हमला !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीवार इरानी अस्त्र प्रणालीमा 'साइबर हमला' गरेको आरोप लागेको छ । अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको बिबिसीमा उल्लेख गरिएको हो । अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा... थप पढ्नुहोस्

स्पेनस्थित उत्तर कोरियाली दूतावासमा छापा मार्ने अमेरिकी सैनिक पक्राउ

एजेन्सी । स्पेनको राजधानी म्याड्रिडस्थित उत्तर कोरियाली दूतावासमा छापा मार्ने समूहमा संलग्न भएको आरोप लागेका अमेरिकी मरिन कोरका एक सैनिकलाई अमेरिकी अधिकारीहरूले पक्राउ गरेको छ। पक्राउ परेका क्रिस्टोफर आन नामक ती सन्दिग्ध व्यक्तिलाई लस एन्जलिसस्थित एउटा अदालतमा पेस गरिने बताइएको छ। गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ(अनबीच भियतनाममा शिखरवार्ता हुनुभन... थप पढ्नुहोस्

काबुलमा अमेरिकी सैनिकको हत्या : नेटो

काबुल । अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ । तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । युद्धग्रस्त अफगानिस्तानको सेनालाई हाल तालिम र परामर्श सेवा उपलब्ध गराउन तैनाथ विदेशी सैनिकमाथि अफगानी सैनिकबाटै आक्रमण हुने गरेको छ । पश्चिमी प्रान्त हेरातमा गत अक्टोबर २२ तारिखका दिन र दक्षिणी प्रान... थप पढ्नुहोस्