पहिरो हटाएपछि अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

बैतडी । मंगलबार रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा खसेर पहिरो हटाएपछि बुधबार मध्याह्नपछि पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । गए राति ... थप पढ्नुहोस्