fbpx

विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्ष स्थानमा

एजेन्सी । अष्ट्रेलिया इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । इंग्ल्याण्डको नटिङघममा अष्ट्रेलियाले दिएको ३ सय ८२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो । बंगलादेशक... थप पढ्नुहोस्

विश्वकप क्रिकेटमा वार्नरको शतकमा अष्ट्रेलियाको फराकिलो लक्ष्य

  एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई जितका लागि ३ सय ८२ रनको फराकिलो लक्ष्य दिएको छ । इंग्ल्याण्डको नटिङघममा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ८१ रन बनाएको छ ।अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले । १ सय ४७ बलको सामना गरेका वार्नरले ५ छक्का र ... थप पढ्नुहोस्

विश्वकप क्रिकेट : अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै, कसले मार्ला बाजी ?

एजेन्सी । १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। पहिलो खेल अष्ट्रेलिया र श्रीलंकाबीच  खेल जारी छ , लण्डनमा हुनेछ भने दोस्रो खेल अफगानिस्तान र दक्षिण अफ्रिकाबीच साँझ सवा ६ बजे कार्डिफमा हुनेछ। श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ। जारी विश्वकपमा हालसम्म चार खेल खेलेको अष्ट्रेलिया तीनमा विजयी भएको छ भने एक खेल गुमाएक... थप पढ्नुहोस्

चार देशका लागि राजदूत सिफारिस, को कहाँ-कहाँ पुगे ? [नामसहित]

काठमाडौं । सरकारले अष्ट्रेलिया लगायत चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया सहित स्पेन,बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो । बैठकले अष्ट्रेलिया का लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, बंगलादेशका लागि बंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो । सिफारिस भएका दाहाल, मिश्र र भारद्वाज नेकपा निकट मानिन्छन्... थप पढ्नुहोस्

अष्ट्रेलियाको प्रसारक एबीसीको कार्यालयमा प्रहरीको छापा

एजेन्सी । अष्ट्रेलियामा, पत्रकारहरूलाई लक्ष्यित गर्दै थालिएको खानतलास कार्वाहीको दोस्रो दिन प्रहरीले अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशन, एबीसी,को सिड्नीस्थित मूख्यालयमा छापा मारेको छ। उक्त सार्वजनिक प्रसारण संस्थाको कार्यालयमा दुईजना रिपोर्टर र समाचार निर्देशकको नाम उल्लेख भएको खानतलास अनुमति पत्र, सर्च वारेन्ट, सहित प्रहरी अधिकारीहरू पुगेका थिए। त्यस्तो प्रहरी कार्वाहीको एबीसीले विरोध गरेको छ। प... थप पढ्नुहोस्

अष्ट्रेलिया निर्वाचन पूर्व प्रधानमन्त्री अबोट पराजित

एजेन्सी । अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ । एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ । आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने तर उक्त गठबन्धनलाई पनि बहुमत प्राप्त हुनेछ वा अल्पमतको सरकारको बनाउने अवस्... थप पढ्नुहोस्

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

एजेन्सी । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ ।  देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । उनले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरिएको बताउने गरिन्छ । ... थप पढ्नुहोस्

अष्ट्रेलियाद्वारा अध्यागमन नीतिमा यसरी भयो परिवर्तन

एजेन्सी । अष्ट्रेलियाले आफ्नो अध्यागमन तथा भिषा नीतिमा परिवर्तन गरेको छ । परिवर्ततित नियममा मुख्य गरेर स्थायी बासिन्दाको अनुमतिपत्र 'पीआर' लिनका लागि लागु गरिएको ‘पोइन्ट’ अंक सिस्टममा ठुलो फेरबदल गरिएको छ । लामो समयदेखि अष्ट्रेलियाले यहाँको स्थायी बासिन्दाको अनुमतिपत्र ‘पीआर’ पाउने प्रक्रियाका लागि अंक प्रणालीलाई अवलम्बन गर्दै आएको छ । नयाँ नीति अष्ट्रेलियामा अदक्ष आवेदकलाई निरुत्साहित गर्ने र द... थप पढ्नुहोस्

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

काठमाडौं । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले ल... थप पढ्नुहोस्

अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र : उद्धार गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र पर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै त्रिचन्द इकाइ नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा प्रदर्शन गरेको छ । संघले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गर्दै बिद्यार्थीहरुको उद्दार र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कन्सल्टेन्सीलाई कारवाहीको माग गरेका हुन् । विद्यार्थीहरुको प्रदर्शनका कारण घन्टाघर क्षेत्रमा आधा घण्टा सवारी आ... थप पढ्नुहोस्
1 2 3