९ माघ, चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो । अस्पतालमा डक्टर इन मेडिसिन (डिएम), सम्बन्धित विषयमा फेलोसिप, एमसिएचजस्ता विशिष्टीकृत अध्ययन र तालीम गरेका चिकित्सक भएर पनि सबै खालका बिरामी हेर्दै आएका छन् । अस्पतालले त्यस्ता बिरामीलाई सम्बन्धित चिकित्सकबाट उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो…